×

NIC ASIA

प्रदीप गिरिको पहिलो वार्षिकीमा काठमाडौँदेखि काशीसम्मको कार्यक्रम गरिने

काठमाडाैं | साउन ३२, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ २ शनिबारदेखि भदौ ५ गते मङ्गलबारसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

Muktinath Bank

भदौ २ गते शनिबार बिहान ८ बजे पशुपतिनाथमा स्व गिरिलाई श्रदाञ्जलिसभाको आयोजना गरिने तथा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ–काशी यात्राको समुद्घाटन र यात्रीहरूको बिदाई गर्नु हुने प्रदीप गिरि पावन स्मृति आयोजक समितिका संयोजक कञ्चन झाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार सोही दिन दिउँसो २ बजे नेपाली कांग्रेस पार्टी कार्यालय हेटौँडामा र साँझ पाँच बजे गिरिको व्यक्तित्वबारे चर्चा हुनेछ । यसैगरी भदौ ३ गते बिहान ९ बजे वीरगञ्जको तिलावे नदीमा केही अस्तु विसर्जन गरिने छ भने १०ः१५ मा प्रदीप गिरि र मधेसको सम्बन्धनबारे चर्चा गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । 


Advertisment
Nabil box
Kumari

भदौ ४ गते भारतको बनारस र काशी (वाराणसी) मा बिहान सबेरै विधिअनुसार बनारसस्थित प्रदीप गिरिका निकटस्थहरू समेतको समुपस्थितिमा अस्तु विसर्जन गरिने छ । दिउँसो गिरिका यादगार ठाउँको अवलोकन तथा व्यक्तित्वहरूसँगको भेटघाट कार्यक्रम गरिनुका साथै सोही दिन साँझ बनारस विश्वविद्यालयमा गिरिको स्मृतिमा कार्यक्रम आयोजना हुने प्रदीप गिरि पावन स्मृति आयोजक समितिले जनाएको छ । समितिका अनुसार भदौ ५ गते बिहान बनारसबाट वीरगञ्ज हुँदै काठमाडौँका लागि प्रस्थान गरिने आयोजक समितिका संयोजक झाले जानकारी दिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x