×

सरसर्ती २४ घण्टा

पूर्व प्रधानमन्त्रीद्वयसँग बयान लिन आदेश पर्खिँदै सीआईबी, सर्वदलीय बैठकको तयारीमा राष्ट्रपति

काठमाडाैं | भदौ १, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
ललितानिवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्व प्रधानमन्त्रीद्वयको बयानका लागि माथिको आदेशको पर्खाइमा छ ।
पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई बयानका लागि सरकारको आदेशको पर्खाइमा रहेको सीआईबीका अधिकारीहरू बताउँछन् ।

सरकारी कागजात किर्तेमा म्याद थप भएर अनुसन्धान भइरहेकाले पूर्वप्रधानमन्त्रीद्वयको बयान लिन नपर्ने तर्क भइरहेकाले माथिको आदेश कुरेको एक अधिकारीले बताए ।
००००
लामो समयदेखि संसद् बैठक अवरुद्ध भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । 


Advertisment

प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि बैठक अवरुद्ध गर्दै आएपछि पटक–पटक चासो देखाउँदै आएका राष्ट्रपतिले केही दिनभित्रै संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाउने तयारी गरेका हुन् । 


Advertisment

‘संसद् बैठक अवरुद्ध भएपछि जनतामा नैराश्यकता देखिने र संसद्प्रति जनतामा नकारात्मक भावना आउने भन्दै राष्ट्रपति चिन्तित हुनुहुन्छ’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भने, ‘संसद्को विषयमा राष्ट्रपतिले केही नेतासँग पनि परामर्श गर्नुभएको छ । यसैले एक दुई दिनमै संसद्मा रहेका दलहरूको बैठक बोलाउने तयारी भएको छ । दिन पक्का भइसकेको छैन ।’
००००
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरवाला पीडितकी आमाको नागरिकतासम्बन्धी कागजात मगाउन आदेश गरेको छ।

अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको नागरिकतासम्बन्धी कागजात मगाउने आदेश दिएका हुन् ।
००००
सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । 

यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले निर्धारण गरेको पारिश्रमिक आज राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । 

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन् ।
००००
सरकारले थप ३ वटा देशसँग हवाई सेवा सम्झौता (एएसए) गर्ने भएको छ । नेपालले इन्डोनेसिया, रुवाण्डा र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको अन्तिम तयारी गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेपालबाट हुने सिधा उडानको पहुँच बढाउन थप ३ देशसँग हवाई सेवा सम्झौता गर्न लागिएको बताए । उनका अनुसार हवाई सम्झौता हुन लागेका ३ वटै देशसँग सम्झौताको खाका आदानप्रदान भइसकेको छ । अब दुवै देशको अनुकूलतामा सम्झौता हुने पनि लामिछानेले बताए ।
००००
सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा १२ जनाको नाम सिफारिस भएको छ ।
नाम सिफारिस हुनेहरू सबै सिसंं २ का सशस्त्र प्रहरी उपरीक्षकहरू हुन् । उनीहरू २०७५ चैत्र १५ गते सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरू हुन् ।
००००
एमालेले नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई एमालेमा फर्किन निम्ता दिएको छ ।
 नेता खिललाल भट्टराईले झाँक्रीसँग भेट गर्दै एमाले फर्किन निम्तो दिएका हुन् । पछिल्लो समय नेकपा एससँग असन्तुष्ट भइरहेका बेला झाँक्रीले भट्टराईसँग भेट गरेकी हुन् ।
००००
संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै शिक्षकहरूले बिहीबार सातवटै प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन् ।
नेपाल शिक्षक संघको नेतृत्वमा विभिन्न दल निकट शिक्षक संघ–संगठनहरूले धर्ना दिएका हुन ।  
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै अभियुक्तहरूको मुद्दा एक साथ राखेर हेर्ने आदेश भएको छ ।
निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले ‘लगाउका मुद्दा साथै राख्ने’ आदेश दिएको हो ।
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार रामेछापको दोरम्बा पुगेका छन् ।
२०६० साल साउन ३२ गते दोरम्बामा तत्कालीन विद्रोही माओवादीका २१ जना कार्यकर्ताको हत्या भएको थियो ।
००००
हुम्लाको सिमकोट विमानस्थलमा स्थानीयले धर्ना दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई उडानमा गरेको कडाइको नयाँ नियम फिर्ता लिनुपर्ने माग गर्दै उनीहरूमा धर्नामा उत्रिएका हुन् ।

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x