×

राउण्ड अप

सरसर्ती २४ घण्टा : एमालेमाथि नैतिक प्रश्न खडादेखि एआईजीहरूको सरुवासम्म

काठमाडाैं | भदौ ३, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले भ्रष्टारचारविरुद्ध एकपछि अर्को कदम चाल्दै गर्दा एमालेका बाहेकका सबैजसो दल र नागरिकले पनि यो कदमको स्वागत गरेका छन् । तर एमाले निरन्तर सिआइबीलाई बेवास्ता गर्दै उच्चस्तरीय समिति गठनको मागमा कायम छ । 

केही समय अघिसम्म विपक्षी मोर्चामा एमालेसँगै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समेत संसद् हाइज्याक भएको प्रतिक्रिया दिन थालेका छन् । यही बेला आफ्नै जिम्मेवार नेता सुवास नेम्वाङले समेत संसद् अवरुद्ध संविधान र विधिसम्मत छैन भनेपछि एमालेमाथि नैतिक प्रश्न खडा भएको छ ।


Advertisment

‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन,’ नेम्वाङको भनाइ छ ।
उसो त उनले २०७७ पुस ५ गतेको प्रतिनिधिसभा विघटन अनुचित हुने भन्दै पार्टी अध्यक्षसमेत रहेका ओलीलाई सचेत गराएका थिए । तर विमति राखेका थिएनन् । यसपटक फेरि एक महिना बैठक अवरुद्ध गरेपछि नेम्वाङले पार्टीभित्रको उकुमुकुसलाई व्यक्त गरेका हुन् ।


Advertisment

अहिले नियमित बैठक बसेर नागरिक सरोकारका दर्जनौं विषयलाई टुंग्याउनुपर्ने हो । तर विनाकुनै ठूलो र प्रष्ट एजेण्डाविना संसद्लाई लाचार बनाएको भन्दै नागरिक स्तरबाटै विरोध भइरहेको छ । यहीबेला ओली निकटका नेता नेम्वाङकै यस्तो प्रतिक्रिया आउनुले संसद् खोल्न एमालेलाई दबाब परिरहेको बुझ्न सकिन्छ । प्रतिनिधिसभाको बैठक आइतबारका लागि तय भएको छ ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा र्पुयाएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारवाही गरिने बताएका छन् ।

राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे ।
००००
नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् । 
रुपन्देहीमा शनिबार बोल्दै उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताए ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने गरेको बताएका छन् । बुद्धिजीविहरूको नियमित र अनौपचारिक छलफलका क्रममा कोइरालाले शनिवार देश असाध्यै अप्ठ्यारो अवस्थामा परेको बताएका हुन् ।
००००
सरकारले नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले पाँच एआईजीको सरुवा गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

जसअनुसार उपत्यका प्रहरी कार्यालय (मेट्रो)प्रमुखबाट एआईजी श्याम ज्ञवालीलाई हटाएर कार्य विभागमा सरुवा गरिएको छ । 
मेट्रोको जिम्मा एआईजी दिपक थापालाई दिइएको छ । थापा यसअघि कार्य विभागमा कार्यरत थिए । 
दिपक थापाको ठाउँमा एआईजी मिरा चौधरीलाई सरुवा गरिएको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी टेकप्रसाद राईको मानव स्रोत विभागमा सरुवा भएको छ । मानव स्रोतका प्रमुख एआईजी सन्दीप भण्डारीलाई एकाडेमीमा सरुवा गरिएको हो ।
००००
समाजवादी मोर्चाको बैठक आज नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।  बैठकमा मोर्चा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए । यस्तै पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न लगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीको बैठक पनि आजै बस्दैछ ।
००००
युएईमा अलपत्र परेका एक नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर नेपाल फर्काएको छ । 
बोक्रे ५ छत्र जोरपाटी धनकुटाका कमल बहादुर घिमिरेलाई उद्धार गरेर एनआरएनए युएईले स्वदेश पठाएको हो ।
००००
नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको कर्मभूमि राजविराजमा नेपाल सद्भावना पार्टी केन्द्रीय समिति गठन भएको छ ।
राजविराजमा सम्पन्न भेलाले दशरथ यादवको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको सो पार्टीले जनाएको छ ।
००००
हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए । तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको पनि उनले बताए ।
००००
सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् ।
००००
करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ । 

नयाँ व्यवस्थाअनुसार वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक रु एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।
००००
नेपालको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको रियालिटी शोको टाइटल नेपाल बाहिर पुगेको छ । १–१ करोड राशिको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको उपाधि क्रमशः प्रितम राई (सिक्कम, भारत) र खुसी कार्की (थाइल्याण्ड)ले जितेका हुन् ।
००००
नेपाल वायुसेवा निगमले यही भदौ २० गतेदेखि काठमाडौंबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको छ ।

टिकट मूल्य ३५ हजार रुपैयाँ रहेको नेवानिले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
००००
हृदयघातका कारण सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ।
१३ नम्बर गण पर्साका प्रमुख रहेका थपलियाको शनिवार निधन भएको एपीएफका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए ।

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x