×

सरसर्ती २४ घण्टा

कोशीका मुख्यमन्त्रीलाई सर्वोच्चको झड्कादेखि न्यायाधीश नियुक्तिको गृहकार्यसम्म

काठमाडाैं | भदौ ८, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दीर्घकालीन निर्णय नगर्नू–नगराउनू भनी अन्तरिम आदेश जारी गरेको छ ।
मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको मान्न मिल्ने अवस्था नदेखिएको भन्दै सर्वोच्चले दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश दिएको हो ।

‘माननीय मुख्यमन्त्री श्री उद्धव थापाले संविधानसम्मत् रूपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको सुनुवाइ टुङ्गो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रत्यर्थीका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ ।
००००
जिल्लादेखि सर्वोच्च अदालतसम्म रिक्त पदमा छिट्टै न्यायाधीश नियुक्तिको प्रक्रिया शुरू हुने भएको छ ।
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भइसकेको अवस्थामा केही दिनभित्रै न्यायपरिषदको बैठक बसेर रिक्त (सर्वोच्च, उच्च र जिल्लाका) १०१ न्यायाधीश नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउने तयारी भएको हो ।


Advertisment

त्यसका लागि प्रधानन्यायाधीश श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङबीच कुराकानी समेत भइसकेको छ ।
न्यायाधीश नियुक्तिका विषयमा आफूहरूबीच समझदारी भएको कानून मन्त्री गुरुङले बताएका छन् ।
००००
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका समितिका सभापतिको निर्वाचन भदौ ११ गतेका लागि तोकेका छन् ।
समिति गठन भएको ४ महिनापछि सभापतिको निर्वाचन हुने भएको हो ।
००००
प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रश्नोत्तरका लागि समूहमा परेका सांसदहरूले भोलि शुक्रवार ३ बजेसम्म लिखित प्रश्न सचिवालयलाई दिनुपर्नेछ ।
००००
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बिहीबार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


Advertisment

बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
००००
नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।
नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए । 
००००
धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरु गरेको छ ।
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो ।
००००
मोरङमा सवारी चेकजाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ । ब्राउन सुगरले लठ्ठिएका एक युवाले उनलाई  बन्चरो प्रहार गरेका हुन् ।
००००
नेकपा एमालेले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ ।
००००
बागमती प्रदेशभित्रको सवारी भाडा बढेको छ । स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य बढेसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो । 
समायोजन भएको भाडाअनुसार काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम रहेकोमा एक रुपैयाँ बढाएर १९ र्पुयाइएको छ ।
००००
सरकारले फास्ट ट्रयाकको डीपीआर परिवर्तन गर्ने भएको छ । साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फास्ट ट्रयाकको डीपीआर परिवर्तनको निर्णय भएको जानकारी दिइन् । यससहित मन्त्रीपरिषद्ले विभिन्न १६ वटा निर्णय गरेको छ।  
००००
ललितानिवास जग्गा प्रकरणमा २ सय ८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा २ सय ८६ जनालाई   प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
००००
नेपाली कांग्रेसका सांसद राजन केसीले झापाको गिरिबन्धु टी–स्टेटको जग्गा सट्टाभर्नामा अर्बौं घोटाला भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।
काठमाडौंको ललितानिवासभन्दा ठूलो घोटाला गिरिबन्धुमा भएको उनको दाबी छ । 
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद केसीले भ्रष्टाचारको फाइल खोल्न शुरू भएको समयमा गिरिबन्धु, वाइडबडी र गोकर्ण रिसोर्टको सम्झौतासम्म पुगेर छानबिन गर्न माग गरेका हुन् ।
००००
बजेटमार्फत घोषणा भएको सांसद विकास कोष सम्बन्धमा सर्वोच्च अदालतको आदेशप्रति नेपाली कांग्रेसका एक सांसदले विरोध जनाएका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा श्याम घिमिरेले सर्वोच्च अदालतको आदेशले शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको बताएका हुन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ विधानअनुरूप आफ्ना विभाग तथा सङ्गठनहरू गठन तथा पुनर्गठन गर्ने भएको छ । 
यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरूप प्रदेश समिति र राष्ट्रिय समितिहरू गठन र पुनर्गठन गरिने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता स्व डा राजाराम कार्कीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशसभाका पूर्वसदस्य डा कार्कीको बुधवार साँझ उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।
००००
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । काठमाडौंबाट  लोहारपट्टी जाँदै गरेको  तीर्थयात्री बोकेको सो बस सडकबाट तल खहरेमा खसेको थियो ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x