१० साउन २०८३, आइतबार
विदेशको सीपले स्वदेशमा राम्रो कमाइ

इजरायलमा सिकेको सीपले रंगेलीमा तरकारी खेती, गाउँमै लाखौँ कमाउँछन् प्रवीन

भदौ ९, २०८०
विराटनगर
इजरायलमा सिकेको सीपले रंगेलीमा तरकारी खेती, गाउँमै लाखौँ कमाउँछन् प्रवीन

उच्च शिक्षा अध्ययन गर्न अहिले धेरै नेपाली युवा–विद्यार्थी विदेश जाने गर्छन् । पढ्न होस् या कमाउन विदेश जानको ताँती नै छ । सहजै जान पाउने हो भने स्वदेशमा बस्नेभन्दा विदेशिन चाहाने बढी होलान् ।  

पढ्न विदेश गएकामध्ये अधिकांश उतै सेटल हुने गरेका छन् । विदेशबाट फर्केर आउनेहरू पनि सिकेको सीप सदुपयोग गर्नुको सट्टा घर–घडेरी र गाडी किन्ने अनि शहरमा रमाउनेतिर लाग्छन् । 

null

तर, मोरङको रंगेलीस्थित  बिर्ताका प्रवीन राजबंशी भने विदेशमा सिकेको सीपको उपयोग गरिरहेका छन् । इजरायलमा सिकेको सीप प्रयोग गरेर आफ्नै ठाउँलाई हराभरा बनाइरहेका छन् । उनीसँगै इजरायल गएका अन्य युवाले पेशा नै परिवर्तन गरिरहेका बेला उनी भने कृषिमै रमाइरहेका छन् । इजरायलको व्यावसायिक कृषिबाट सीप सिक्ने नेपाली युवाको आकर्षण पनि छ । साना किसान सहकारी संस्थामार्फत् उनीहरू त्यहाँ जाने गरेका छन् । त्यहाँ सीप सिक्न साना किसानले आफ्ना सेयर सदस्यका छोराछोरीलाई पठाउने गरेका छन् ।

null

प्रवीनले अंग्रजी विषयमा स्नातक गरेका छन् । उनी इजरायल जानुअघि सरकारी विद्यालयका अस्थायी शिक्षक थिए । रंगेलीको प्रगतिशील उच्च माविमा पढाउँदै थिए । मावि तहका विद्यार्थीलाई पढाउथे । तलब भने प्राविको मात्रै आउने गरेको थियो । जे भए पनि सरकारी जागिर खाइरहेका थिए । प्रवीनले २०६५ देखि २०७० सम्म विद्यालयमा पढाए । करिब ५ वर्ष पढाएपछि उनलाई इजरायल जाने अवसर जुर्‍यो । नेपालमा सरकारी जागिर भनेपछि मरिहत्ते गर्ने चलन छ । अस्थायी कर्मचारीहरूलाई जागिरबाट निकाल्दा आन्दोलन नै हुने गरेको छ । प्रवीनमा यो लागू भएन । उनले सरकारी जागिर छोडे । र, इजरायल जाने निर्णय लिए । साना किसान सहकारीमार्फत् उनी इजरायल गए । 

null

प्रवीन निम्नमध्यम वर्गीय परिवारका भएकाले बिहान–बेलुका के खाने भन्ने चिन्ता त्यति थिएन । बुबाआमाले परम्परागत खेती गरेर भए पनि छोराछोरीलाई राम्ररी नै हुर्काएका थिए । उनी अंग्रेजी पनि राम्रो बोल्न सक्थे । यसले उनलाई इजरायलमा काम गर्न सजिलो भयो । 

प्रवीन सन् २०१५ मा गए । एक वर्षमात्र बसेर १२ लाख रुपैयाँ कमाए । त्यहाँ हप्ताको एकदिन मात्रै पढाइ हुन्थ्यो । युवाहरूलाई इजरायल सरकारले कृषिको तालिम दिने गर्छ । पाँच दिन फिल्डमा प्राक्टिकल गर्नुपथ्र्यो । त्यहाँ राम्रो सीप सिकेर एक वर्षपछि पवीन गाउँ फर्किए । उनीसँगै  इजरायल  गएका अधिकांश अन्य पेशामा लागे पनि उनले भने कृषि पेशा नै अंगाले । 

उनीसँगै इजरायल जाने अधिकांशले कृषि पेशालाई अँगालेका छैनन् । सीपभन्दा पनि पैसा कमाउने धेरैको ध्यान हुने गरेको छ । ‘मैले पैसासँगै सीप पनि लिएर आएँ । एक वर्षमा १२ लाख रुपैयाँ कमाएँ,’ उनले भने । 

प्रवीन विगत ७ वर्षदेखि कृषि पेशामा आबद्ध छन् । अहिले खर्च कटाएर ८ लाखसम्म कमाउने गरेका छन् ।  इजरायलबाट फर्केपछि उनले गाई पालन गरेका थिए । तर, त्यो पेसाले भने उनलाई घाटा लगायो । ‘गाई पालनबाट घाटा लागेपछि तरकारी खेती शुरू गरेँ । अहिले त्यहीमात्र गरिहेको छु,’ उनी भन्छन् ।  

उनले आफ्नै बारीका तरकारीहरू विराटनगरका बजारमा पठाउने गरेका छन् । टमाटर, काँक्रा, रायोको साग, भिण्डी, काउली, बन्दालगायत तरकारी उत्पादन गर्ने गरेका छन् । अहिले व्यापारीहरू उनको घरमै गएर होलसेलमा तरकारी किन्छन् । 

null

कृषि प्रधान देश नेपालमा करिब दुई तिहाइ जनता कृषिमा आबद्ध छन् । तर, पढेलेखेका युवाले कृषिमा रुचि देखाउँदैनन् । जग्गा बाझो छाडेर मरुभूमिलाई उजाड बनाउन लाग्छन् । तर, प्रवीण भने अपवाद बनेका छन् । 

इजरायल जानेहरूले त्यहाँको सीप यहाँको कृषिमा ल्याउने हो भने उत्पादन राम्रो वृद्धि हुने उनको बुझाइ छ । सिजनमा ४ बिघामा नै तरकारी खेती गर्ने प्रवीनले अफ सिजनमा भने डेढ बिघामा मात्रै गर्छन् । बर्खाको समयमा डुबानको समस्या हुने गरेको उनले सुनाए । 

टेन्ट हाउसमा कसरी खेती गरिन्छ भनेर इजरायलले सिकाएको उनले सुनाए । इजरायलको सीपलाई यहाँ प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न सके नेपालमा धेरै सम्भावना रहेको उनी बताउँछन् । 

विश्वमा अपनाइने अत्याधुनिक कृषि प्रणालीको प्रयोगमा इजरायललाई नमूना मानिन्छ । कृषि भूमिको प्रबन्ध र बजारको ग्यारेन्टी सरकारले लिन्छ ।  नेपालमा पनि अनुदानमुखी कृषि भएकाले समेत नफस्टाउने गरेको उनको बुझाइ छ । यन्त्रीकरण र बजारीकरणको जिम्मा राज्यले लिए सजिलो हुने उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्