×

NMB BANK
NIC ASIA

‘ऐंचो पैंचो’ फिल्म हेर्न नेताहरूलाई पनि स्वस्तिमाको आग्रह

काठमाडाैं | भदौ १०, २०८०

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिमा आबद्ध व्यक्तिहरूलाई पनि आफ्नो आगामी फिल्म ‘ऐंचो पैंचो’ हेर्न आग्रह गरेकी छन् । 

Muktinath Bank

कृषा चौलागाईंको निर्देशन रहेको यो फिल्म आउँदो बिहीवारबाट प्रदर्शनमा आउँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेत्री स्वस्तिमाले फिल्मको प्रिमियर तथा कार्यक्रमहरूमा आफूले नेताहरूलाई देख्ने गरेको भन्दै हलमा गएर पनि फिल्म हेर्न आग्रह गरेकी हुन् । 


Advertisment
Nabil box
Kumari

फिल्म समाजको रिफ्लेक्सन पनि भएको भन्दै उनले भनिन् ‘कतिपय सन्दर्भमा उहाँहरूले समाजमा नदेख्नु भएको कुरा हामीले हाम्रो क्यामेराबाट देखाइरहेको हुन सक्छौँ । त्यसैले ‘ऐंचो पैंचो’ हेर्न म उहाँहरूलाई आग्रह गर्छु ।’ 

Vianet communication
Laxmi Bank

अनावश्यक गसिप र कन्ट्रोभर्सी गरेर आफू फिल्म चलाउने पक्षमा नरहेको भन्दै उनले ‘ऐंचो पैंचो’ राम्रो बनेको बताएकी छन् । ‘ऐंचो पैंचो’बाट अफर आएपछि आफूले सुरुमा निर्देशकसँग विचार र भिजन मिल्छ कि मिल्दैन भनेर केही दिन वर्कसपमा बसेपछि मात्रै फिल्म साइन गरेको स्वस्तिमाले जानकारी दिएकी छन् । 

निर्देशक कृषा​ चौलागाईंका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित फिल्म हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि रहेको उनी बताउँछिन् । तर, फिल्म राजनीतिमा मात्रै केन्द्रित नभएको कृषाले बताउँदै आएकी छन् । राजनीति फिल्मको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् ।

समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै फिल्ममा समेटिएको कृषाको भनाइ छ । आफ्नो टिमले दर्शकलाई राम्रो फिल्म दिने र दर्शकबाट माया पाउने अपेक्षा गरेको उनले बताइन् । 

गीत, टिजर, ट्रेलरबाट दर्शकले पाएको माया जस्तै हलमा फिल्मले पनि माया पाउनेमा निर्माण टिम ढुक्क छ । फिल्मको गीत ‘काले केटाले’ धेरै टिकटक बनाइएको गीत हो । यसका कारण पनि फिल्म सफल हुनेमा निर्देशक कृषा ढुक्क छिन् । फिल्ममा स्वस्तिमाका साथमा वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला लगायतका कलाकार शीर्ष भूमिकामा छन् । 

अभिनेत्री वर्षाले अन्य फिल्ममा भन्दा आफूले ‘ऐंचो पैंचो’मा राम्रो काम गरेको प्रतिक्रिया निर्माण पक्षबाट पाएको बताएकी छन् । आफ्नो चरित्र फिल्ममा छोटो भए पनि पावरफुल रहेको उनको भनाइ छ । आफ्ना धेरैजसो फिल्म छोटो र अर्थपूर्ण क्यारेक्टर हुने गरेको उनी बताउँछिन् । अभिनेता मुकन भुसालले आफूलाई स्क्रिप्ट राम्रो लागेकाले फिल्ममा काम गरेको बताएका छन् । 

‘बुलबुल’ पनि स्क्रिप्ट मन परेरै काम गरेको भन्दै उनले भने, ‘बुलबुलमा पनि स्वस्तिमाजी लिड रोलमा हुनुहुन्थ्यो । त्यो फिल्मबाटै म आएको हुँ । मैले धेरै फिल्म त गरेको छैन । तर स्क्रिप्ट राम्रो भयो भने काम गर्छु । कुन रोलमा को छ भन्दा पनि समग्रमा फिल्म राम्रो हुनुपर्छ । त्यो भयो भने सबैलाई राम्रो हुन्छ ।’ 

अभिनेता सुशीलले पनि ‘ऐंचो पैंचो’बाट आफू निकै आशावादी रहेको बताएका छन् । फिल्ममा आफूले निर्वाह गरेको पात्र पनि दर्शकलाई प्रिय लाग्ने रहेको उनको भनाई छ । निर्माता विशाल चौलागाईंले विदेशका धेरै देशका लागि फिल्मको राइट्स बिक्री भइसकेको भन्दै नेपालबाटै लगानी सुरक्षित गर्ने बताएका छन् । 

अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा विपीन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन छ । केपी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह–निर्माता रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x