![चन्द्रमामा सुरक्षित स्थान खोज्दै यसरी घुम्यो भारतको प्रज्ञान रोभर [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Chandrayaan-_3_WyMVrlNLru.png)
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ ।
चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार सार्वजनिक गरेको हो ।
रोभरको भिडियो विक्रम नामक ल्यान्डरले खिचेको इसरोले जनाएको छ ।
'सुरक्षित स्थानको खोजीमा रोभर घुमेको छ । रोटेट भएको दृश्य विक्रम ल्यान्डरबाट क्याप्चर गरिएको हो,' इसरोले ट्वीटमा लेखेको छ, 'यस्तो महसुस हुन्छ कि कुनै बच्चा चन्द्रमाको आँगनमा खेल्दैछ, अनि आमाले स्नेहपूर्वक हेर्दैछिन्, हैन त ?'
भारतको चन्द्रयान- ३ अघिल्लो बुधवार (अगस्ट २३)का दिन चन्द्रमामा सफल अवतरण गरेको थियो ।
यस मिसनमा चन्द्रमामा पानीको सम्भाव्यता र बहुमूल्य खनिजहरूको खोजी गरिने इसरोले जनाएको छ ।
Chandrayaan-3 Mission:
— ISRO (@isro) August 31, 2023
The rover was rotated in search of a safe route. The rotation was captured by a Lander Imager Camera.
It feels as though a child is playfully frolicking in the yards of Chandamama, while the mother watches affectionately.
Isn't it?🙂 pic.twitter.com/w5FwFZzDMp