×

NIC ASIA

बुहारीहरू पुनः विद्यार्थी जीवनमा फर्किए

खोटाङ | भदौ २५, २०८०

Prabhu Bank
NTC
Premier Steels

खोटाङको केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ‘बुहारी शिक्षा कार्यक्रम’ समेटेर कार्यान्वयनमा ल्याएपछि पढ्ने धोको पूरा गर्न नपाएका विभिन्न वडाका सात जना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका हुन् ।  

Muktinath Bank

पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीहरूलाई लक्षित गर्दै गाउँपालिकाले चालु आवदेखि बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए । सात वडा रहेको उक्त गाउँपालिकाले पढ्न चाहने बुहारीहरूलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउनेगरी नीति तथा कार्यक्रम पारित गरेर कार्यान्वयनमा ल्याएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घरमा आमा शिक्षित भए परिवार शिक्षित हुन्छन्’ भन्ने भनाइअनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तर्गत बुहारी शिक्षा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख समिर राई बताए । 
गाउँपालिकाले कार्यान्वयनमा ल्याएको बुहारी शिक्षा कार्यक्रमअन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय बास्पानीबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गरेकी वडा नं–३ बास्पानीकी ३१ वर्षीया पुष्पा विश्वकर्मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाको कक्षा ११ मा भर्ना गरेर छोराछोरीसँगै अध्ययन सुरु गरेकी छन् । विसं २०६८ मा गाउँमै विवाह गरेकी पुष्पाकी छोरी रोजनी राष्ट्रिय माविको कक्षा ५ र छोरा नेल्सन कक्षा ४ मा अध्ययनरत छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै, वडा नं ४ बाक्सिलाकी ३२ वर्षीया लक्ष्मी पौडेल पृथ्वी माविकै कक्षा ११ मा भर्ना भएकी छन् । बास्पानीकै २५ वर्षीया शान्तिकला राई, पृथ्वी माविमा कक्षा ११ मा भर्ना भएर अध्ययन सुरु गरेकी छन् । 

Vianet communication

विसं २०६५ मा सिम्ले मावि जलेश्वरीबाट कक्षा ८ उत्तीर्ण गरेकी नीरा विश्वकर्मा र सिद्ध मावि बास्पानीबाट विसं २०७९ मा कक्षा ८ उत्तीर्ण गरेकी सर्मिला राई पृथ्बी माविमा कक्षा ९ मा भर्ना भएकी छन् । यस्तै, विसं २०७८ मा विवाह गरेकी बास्पानीकी पूजा राई र दीपा खड्का सोही ठाउँमा सञ्चालित राष्ट्रिय माविको कक्षा ९ मा भर्ना भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए ।

घरायसी तथा आर्थिक अभावका कारण बीचमै पढाइ छाडेका उनीहरू सबैले पुनः अध्ययन सुरु गरेसँगै आफैँ पढेर जागिर खाने योजना बनाएका छन् । १० स्थानीय तह रहेको जिल्लामा केपिलासगढी गाउँपालिकाले सुरुआत ‘बुहारी शिक्षा कार्यक्रम’ नमूना कार्यक्रमको रूपमा हेरिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

बैशाख २९, २०८१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको   छ ।  नगरपालिकाले सामुदायिक विद्या...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x