×

हमास आक्रमणको चपेटामा नेपाली

छोराको दीर्घायुका लागि मन्दिर गएका थिए राजेशका बुवाआमा, फर्किंदा मृत्युको खबर

विराटनगर | असोज २२, २०८०

अध्ययन र कामका लागि भनेर इजरायल पुगेका सुनसरीको बराहक्षेत्र नगरपालिका– १ मधुवनका राजेशकुमार स्वर्णकारका बुवाआमा शनिवार साँझ छोराको दीर्घायुको कामनासहित पूजा आराधना गर्न भनेर मन्दिर पुगेका थिए ।

इजरायलमा हमासले आक्रमण गरेको र छोरासँग सम्पर्क नभएको अवस्थामा चिन्तित बनेका उनीहरूले छोरालाई केही नहोस् भनेर भगवान् पुकारे । तर, दुर्भाग्य ! मन्दिरबाट फर्किँदै गर्दा छोराको मृत्युको खबर सुन्नुपर्‍यो अनि होसहवास उड्यो ।


Advertisment

‘राजेशको दीर्घायुको कामना गर्दै दुई भाइलाई लिएर ममीबुवा साँझमा मन्दिर जानुभएको थियो,’ जेठा दाइ मुकेशले लोकान्तरसँग भने, ‘मन्दिरबाट आउँदै गर्दा छिमेकी भाउजूले कान्छो भाइलाई इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको नाम देखाइदिनुभएछ । भाइले राजेश दाइ रहनुभएन भनेपछिबाट आमा होशमा हुनुहुन्न ।’


Advertisment

इजरायलमा शनिवार भएको आतंककारी हमलामा मृत्यु हुने १० नेपाली मध्ये एक हुन्, राजेश । उनी परिवारका साइँला छोरा हुन् । राजेश कृषि विज्ञान अध्ययनका क्रममा काम र अध्ययनका लागि भनेर इजरायलमा गएका थिए । शुक्रवार मात्र दाजुहरूसँग उनको कुराकानी भएको रहेछ ।

धनगढी जानुपर्ने काम परेपछि दाजु मुकेशले राजेशलाई फोन गरेका रहेछन् । इजरायल जानुअघि राजेश टिकापुर बसेर सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गर्थे ।

सोही कारण धनगढी जान कति समय लाग्छ, कति खर्च लाग्छ, कहाँ बस्ने भनेर राजेशलाई सोधेको दाइ मुकेशले बताए । ‘भाइले होटलमा बस्न भन्यो । २५ सय भाडा लाग्छ भनेको थियो । दाइ, भोलि कुरा गरौंला, अहिले खाना खाने बेला भयो भन्यो । शनिवार यहाँ छुट्टी हुन्छ, अलि लामो गफ गरौंला भनेको थियो,’ मुकेशले रुँदै भने ।

शनिवार आफैं फोन गर्छु भनेकाले आफूले फोन नगरेको उनले बताए । तर, यसबीचमा नसोचेको घटना हुन पुग्यो ।

चार दाजुभाइमध्ये राजेशका जेठा दाजु मुकेश बराहक्षेत्र नगरपालिकाका इञ्जिनीयर हुन् । माइलो विनोद पनि इञ्जिनीयर नै छन् । उनले कन्सल्टेन्सी चलाउँदै आएका छन् । कान्छा भाइले पनि इञ्जिनीयरिङ पढिरहेका छन् ।

कृषि विज्ञान अध्ययनका लागि इन्ट्रान्समा राम्रो अंक ल्याएपछि राजेशले सुदूरपश्चिम विश्वविद्यालयमा छात्रवृत्ति पाएका थिए । सोही कारण उनी टीकापुर बसेर पढेका हुन् । 

उनी इजरायल गएको २६ दिन मात्रै भएको दाजु मुकेशले बताए । इजरायल जानुअगाडि राजेशले दाजुहरूसँग पनि सोधेका रहेछन् ।

आफूहरूले अस्ट्रेलिया जान सुझाव दिए पनि त्यता जान पैसा धेरै लाग्छ, इजरायल गएर अनुभव बटुलेर आउँछु भन्ने जवाफ दिएको मुकेशले सम्झिए ।

राजेशका बुवा राजकुमार कोशी गाउँपालिकाका कर्मचारी हुन् । सुगर र प्रेसरका बिरामी राजकुमारको आँखा ओभएका छैनन्, उनी पत्नी (राजेशकी आमा) मुर्छा परेकी छन् ।

‘बुबा सुगर तथा प्रेसरका बिरामी हुनुहुन्छ । भाइको निधनको खबरले उहाँका आँखा ओभाएका छैनन् । आमा मुर्छा परेकोपर्‍यै हुनुहुन्छ । पानी छम्केर राख्नुपरेको छ । छरछिमेक तथा आफन्तहरूले आएर आमाबुवालाई सम्झाउँदै हुनुहुन्छ,’ मुकेशले रुँदै भने ।

त्रासमा बित्यो पूरा दिन

इजरायलमा आतंककारी हमला भएको भन्नेबारे आफूले शनिवार राति मात्र थाहा पाएको मुकेशले बताए ।

‘शनिवार राति १० देखि ११ बजेको बीचमा मलाई श्रीमतीले आत्तिँदै फोन गरिन् । राजेश बाबुलाई फोन गर्नु न भनिन् । मैले किन ? के भयो र भनें ? मलाई बाबुजीले भन्नुभएको, बाबुहरू बसेको ठाउँमा द्वन्द्व भयो रे, हल्ला राम्रो छैन भनिन् । त्यसपछि मैले म्यासेन्जरमा फोन गरें । उसको सम्पर्क नम्बर हामीसँग थिएन । मैले माइलो भाइलाई पनि भाउजूले भनेको कुरा सुनाएर फोन गर्न भनें । यति हुँदासम्म हामीले घरमा भनेका थिएनौं ।

आइतवार बिहान युट्युबमा इजरायलका दृश्य हेरेपछि होसहवास उडेको उनले बताए ।

‘मेरो फुपाजू दुबईमा हुनुहुन्छ, उहाँलाई पनि बुझ्न लगायौं, तर केही पत्ता लागेन,’ मुकेशले भने, ‘भाइको एक लेडिज साथी काठमाडौंमा छिन्, उनीसँग सम्पर्क गरेपछि राजेशसँग सम्पर्क नभएको र सम्पर्क गर्ने प्रयास भइरहेको जवाफ पायौं ।’

राजेशकी तिनै साथीमार्फत परिवारका सदस्यले कलेजका प्राध्यापकको नम्बर पाए ।

‘भाइ राजेशको फोन लाग्दैन भनेर प्रिन्सिपललाई भन्यौं,’ राजेशका माइला दाइ विनोदले भने ‘उहाँले त्यहाँ फोनमा कुरा गर्न पाइँदैन, फेसबूकमा जोडिनुहोस् भन्नुभयो । इजारायलमा पढ्ने विद्यार्थीहरूको म्यासेन्जर ग्रुप रहेछ । हामीलाई पनि त्यो ग्रुपमा जोडिदिनुभयो । पटक–पटक फोन गरे पनि ग्रुपमा कसैले फोन उठाएनन् ।’

भाइसँग कुरा हुन्छ कि भनेर फोन गर्दा नउठेपछि निराश भएको उनले बताए । ‘राजेशकै एक साथीले यहाँ फोनमा बोल्न मिल्दैन भनेर म्यासेज गरे । राजेश कता छ भन्दा सम्पर्क छैन भन्ने जवाफ आयो । भाइका साथीहरूले सम्पर्क नम्बर पनि दिए, तर फोन लागेन । आइतवार दिनभरी नै त्रासमा बस्यौं ।’

आइतवार साँझ मृत्युको खबर आएपछि उनको परिवार मात्र हैन, सिंगो गाउँमा सन्नाटा छ ।

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x