×

NIC ASIA

आर्थिक मन्दीको असर

दशैँमा पनि बिकेनन् खसीबोका: निरास भएर घर फर्किए व्यापारी

विराटनगर | कात्तिक ६, २०८०

Prabhu Bank
NTC
Premier Steels

दशैँमा पनि खसीबोकाको उचित मूल्य नपाएपछि व्यवसायी चिन्तित बनेका छन् । बेच्न ल्याएका खसीबोका नबिकेपछि पूर्वका किसान र व्यवसायी निरास बनेर फर्किएका हुन् । उनीहरू खसीबोका फिर्ता लिएर घर फर्किएका छन् ।

Muktinath Bank

यसपाली किसानले उचित मूल्य पनि पाएनन् । गतवर्ष प्रतिकेजी ६ सय रुपैयाँमा जिउँदो खसी बोका किनबेच भएको थियो । तर यस पटक भने प्रतिकेजी पाँच सय ५० रुपैयाँमा समेत किनबेच भयो । धरानमा पहाडबाट व्यापारीहरूले समेत खसीबोका ल्याउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटक खरिद गरेको मूल्यभन्दा कममा बिक्री भइरहेको व्यापारीहरूको भनाइ छ । पहाडका खसी भनेर मोरङ सुनसरी सप्तरी जिल्लाका स्थानीयले किन्ने गरेका छन् । तर अहिले आर्थिक मन्दीका कारण खसीबोका किन्नेको भीड लाग्न छाडेको स्थानीय व्यापारीहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

खरिद गरेकोभन्दा कम मूल्यमा बेच्नुपर्दा सावासमेत गुम्ने खतरा बढेको धनकुटाबाट खसी बोका लिएर आएका टिकाराम राईले बताए । ‘हामीले गाउँमा गएर किनेको मूल्यभन्दा कम मूल्यमा धरानमा ल्याएर बेच्नु परेको छ’, राईले भने, ‘अघिल्लो वर्षभन्दा यसपटक  २५–३० प्रतिशत घाटा खाएर खसी बोका बेचिरहेका छौँ ।’

Vianet communication

आर्थिक मन्दी कै कारण बजारमा त्यति उत्साह नदेखिएको गोपालप्रसाद नेपालले बताए । उनी मोरङको बेलबारीबाट खसीबोका लिएर धरान गएका थिए ।  उपभोक्ताले सामान किन्न खोजे पनि अहिले पैसा नै  अभाव देखिएको उनले बताए ।

गतवर्ष दशैँमा २० वटा खसी बिक्री गरेका व्यापारी गोविन्द भण्डारीको यसपटक चार वटा मात्र खसी बिक्री गरेका छन् । ‘गत वर्षको दशैँमा मैले २० वटा खसीबोका बेचेको थिएँ । तर, यसपटक बल्लबल्ल चार वटा बेच्दैछु,’ भण्डारीले भने, ‘यसपटक दशैँ कसरी मनाउने भन्ने चिन्ता छ । खसीबोका बिकेन भने जंगलतिर नै गएर बस्नु पर्ने अवस्था आउने भयो ।’

गतवर्ष दशैँमा कृषि बजारमा २४ करोड बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यसवर्ष १५ देखि २० प्रतिशत बढी कारोबार हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । यसवर्ष गत वर्षभन्दा करिब १५ प्रतिशत कारोबारमा ह्रास आएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । कृषि बजारले अष्टमीको अघिल्लो दुई हप्तालाई दशैँको बजार मान्ने गरेको छ ।

 ‘अष्टमीको अघिल्लो दुई हप्तालाई दशैँको बजार मान्ने गरेका छौँ, गत वर्ष १२ हजार वटा खसीबोका किनेबेच भएको हामीसँग तथ्याङ्क छ । २४ करोड बराबरको कारोबार बिक्री भएको थियो,’ भट्टराईले  भने, ‘यसपटक कारोबार करिब १५ प्रतिशतले ह्रास आएको छ ।’

बजारले गत वर्षको कारोबारलाई हेरेर यस वर्ष १५ देखि २० प्रतिशत बढी कारोबार हुने प्रक्षेपण गरेको थियो । आर्थिक मन्दीका कारण हरेक क्षेत्रमा प्रभाव देखिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । दशैँको बजारमा चहलपहल भए पनि खरिद बिक्रीमा धेरै कमी आएकाले व्यापारीहरू चरम मारमा परेको श्रेष्ठको भनाइ छ

दशैँको बजारमा चहलपहल भए पनि गत वर्षको तुलनामा २०–२५ प्रतिशत पनि बिक्री नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x