×

सरसर्ती २४ घण्टा

भूकम्प पीडितलाई रकम भुक्तानीको तयारी, चिसोले जनजीवन कष्टकर

काठमाडाैं | मंसिर ३, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्न कार्यविधि तयार गरेसँगै रकम भुक्तानीको लागि आवश्यक तयारी थालेको छ । अस्थायी आवास निर्माणका दुई वटा नमुनासहित सरकारले कार्यविधि तयार गरेको हो । 

‘भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८०’  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ६ बमोजिम कार्यकारी समितिले स्वीकृत गरेको हो । कार्यविधिअनुसार अस्थायी आवासमा प्रयोग भएका जस्तापातालगायतका सामग्रीहरू भविष्यमा पुनः उपयोग गर्न मिल्ने गरी व्यवस्था गर्नुपर्ने भएको छ । 


Advertisment

यस्तै अस्थायी आवास निर्माण गर्दा भूकम्पले क्षति गरेको घरका उपयोगी सामान प्रयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ । यस्तै आवास निर्माण गर्न स्थान वा भूसतहको कारणले सम्भव नभए भविष्यमा भान्सा घर, गोदाम, गोठ, मतान आदिमा उपयोग हुने गरी बनाउन सकिने पनि कार्यविधिमा उल्लेख छ । 


Advertisment

लाभग्राहीलाई प्रदान गरिने अनुदानबाट लाभग्राहीले आफूसँग उपलब्ध जमिनको आकार, प्रकार तथा परिवारको सङ्ख्याका आधारमा तोकिएको ढाँचा र निर्माण सामग्रीलाई आधार मानेर स्थानीय स्रोत सामग्रीको प्रयोग गरी उपयुक्त आवास निर्माण गर्न सक्नेछन् । यस्तै अस्थायी आवास निर्माण गर्दा सम्भव भएसम्म पछि निर्माण गरिने स्थायी आवासको लागि सतह विस्तार गरेर जोड्न मिल्ने गरी बनाउनु पर्ने छ । 

त्यस्ता अस्थायी आवास बाढी, पहिरोलगायतको विपद् जोखिमबाट समेत सुरक्षित स्थानमा हुनुपर्छ भने पछि स्थायी आवासका लागि सुरक्षित जग्गा छ्ट्याएर निर्माण स्थलको छनोट गर्नुपर्ने हुन्छ । 

लाभग्राहीले पहिलो किस्तामा २५ हजार पाउनेछन् भने पहिलो किस्ताको रकम प्राप्त गरेर अनुसूची ४ बमोजिमको प्रक्रिया पुरा गरेपछि र स्थानीय तहले बाँकी रकम दिन सिफारिस गरेमा अन्तिम किस्ताको रूपमा थप २५ हजार रुपैयाँ उपलब्ध हुनेछ । अनुसूची ४ मा पहिलो किस्ताको रकम प्राप्त गरेर आवश्यक काम भएमा दोस्रो किस्ताको रकम दिन योग्य भएको भन्ने ब्यहोराको सिफारिस गर्ने व्यवस्था छ । 

अस्थायी आवास निर्माणका लागि वास्तविक लाभग्राहीको पहिचान, छनोट, सम्झौता, किस्ता भुक्तानी सिफारिस तथा भुक्तानीमा स्थानीय तहको नेतृत्वदायी भूमिका हुने कार्यविधिमा उल्लेख छ । यस्तै  सुविधाबाट वञ्चिती वा दोहोरो सुविधा पर्न नदिन स्थानीय तहले सरकारी, गैरसरकारी संस्था लगायत सबै पक्षको समन्वय गर्नेछ भने आवासमा निजी शौचालय भए नभएको अनुगमन गरी शौचालय निर्माण गर्न लगाउने वा पायक पर्ने स्थानमा सामूहिक शौचालय र खानेपानीको बन्दोबस्त मिलाउनेछ ।

यस्तै संघसंस्थाहरूको सहयोगमा निर्माण भइरहेका समेत सबै अस्थायी आवास निर्माण कार्यको अनुगमन पनि स्थानीय तहले गर्नेछ भने  लाभग्राहीका भूकम्पबाट चर्के, भत्केका जोखिमयुक्त भवन भत्काउन पनि स्थानीय तहले नै भूमिका खेल्नेछ । यस्तै प्रदेशले पनि स्थानीय तहसँग मिलेर थप आवश्यक काम गर्न सक्नेछ । 
००००
यसैबीच चिसो बढेसँगै भूकम्प प्रभावित कष्टकर जीवन जिउन बाध्य भएका छन् । त्यसकै कारणपनि छिटोभन्दा छिटो अस्थायी आवास निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । 

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए । 

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।
००००
वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानबिन गर्न समिति गठन गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । 
००००
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको बताएका छन् । त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार गर्नुपर्ने उनको भनाइ छ ।

पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको शनिवार उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
००००
परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपिन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन् । 

शनिवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।
००००
चालू आर्थिक वर्ष २०८०–८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ ।
००००
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटक(पटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले काठमाडौंको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधिन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताएका छन् । 

नेपाल पर्वातरोहण सङ्घले शनिबार सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए ।
००००
नेकपा एमालेले मंसिर ७ गते युवा संघले गर्ने वृहत जनप्रदर्शनको स्वामित्व लिएको छ । शनिवार केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी विशेष भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व लिएको हो । सोही दिन दुर्गा प्रसाईँको नेतृत्वमा पनि अर्को प्रदर्शन हुँदैछ । 

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x