×

सरसर्ती २४ घण्टा

रास्वपामा स्वर्णिम वाग्लेलाई तेस्रो वरियता, १३ सदस्यीय पदाधिकारी

काठमाडाैं | मंसिर १४, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

सरकारले राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य चयनका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । 


Advertisment

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।


Advertisment

यसैगरी जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय पनि सरकारले गरेको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ जना पदाधिकारी थप्दा प्रतिनिधिसभा सदस्य समेत रहेका स्वर्णिम वाग्लेले उपसभापतिसहित तेस्रो वरियता पाएका छन् । उनले सभापति रवि लामिछाने र उसभापति डोलप्रसाद अर्यालपछिको वरियता पाएका हुन् । 

रास्वपाको महोत्तरी बैठकबाट उपसभापतिमा वाग्लेसहित सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनीत भएका छन् । 
यससँगै रास्वपाको पदाधिकारी १३ सदस्यीय बनेको छ । 

यसैगरी रास्वपाले केन्द्रीय सदस्यमा १९ जना थपेको छ । हाल सांसद रहेका १४ जनासहित १९ जना केन्द्रीय सदस्यमा मनोनीत भएको रास्वपाको भनाइ छ । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२८)मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड बुधवार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उनी बुधवार राति ९ः३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँगै वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि सहभागी छन् । यूएई प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । 
००००
नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो ।

दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गराएकी हुन् ।
००००
इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि  विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन् । बुधबार गृहजिल्ला आइपुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन् ।
००००
नेपाली कांग्रेसले अर्थतन्त्र सुधारका बारेमा छलफल गर्ने भएको छ । पछिल्लो केही समययता अर्थतन्त्रमा समस्या आएको भन्दै कांग्रेसले यसको सुधारका लागि विज्ञसँग छलफल गर्ने भएको हो ।

यसैबीच कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएको २ वर्ष पुग्न लागेको छ, तर उनले अझै केन्द्रीय कोषाध्यक्ष नियुक्त गर्न सकेका छैनन् । २९ मंसिर २०७८ मा देउवा डा शेखर कोइरालालाई पराजित गर्दै लगातार दोस्रोपटक सभापति चुनिएका थिए ।
००००
चितवनमा २ वटा गैँडालाई धरापमा पारेर मार्ने ९ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) उनीहरूलाई बुधवार पक्राउ गरेको हो । 

चितवन राष्ट्रिय निकुञ्चका प्रवक्ता गणेशप्रसाद तिवारीले पक्राउ परेको पुष्टि गरे । ‘हामीले सबै डिटेलमा बिहीवार २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं,’ तिवारीले लोकान्तरसँग भने ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । 
उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो ।
००००
कोशी प्रदेशमा चालु आर्थिक वर्ष शुरू भएको झण्डै चार महिनापछि बजेट पारित भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक बुधवार बसेको प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित भएको हो ।
००००
नेपाल राष्ट्र बैंकले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणबापत राखेको धितो लिलाम गर्नुपर्ने निर्देशन जारी गरेको छ ।

धितोबाट असुली गर्न पर्याप्त नभएमा भुक्तानीका लागि जमानतदातालाई थप ९० दिनको मौका दिनुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
००००
आफ्नै पार्टी नेपाली कांग्रेस र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका दुईतर्फ अडानका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निरीह देखिन थालेका छन् ।

कमजोर भूमिकाका कारण आफ्नै पार्टीका नेताहरूले समेत उनलाई असफल नेतृत्व भन्न थालेका छन् । १४ वैशाख २०८० मा ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले ८ महिनासम्म सरकारलाई पूर्णता दिन नसकेर ‘नयाँ रेकर्ड’ कायम गर्न पुगे ।

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x