×

NIC ASIA

९ महिना नपुग्दै सरुवा भए दीपक काफ्ले, कोशीमा १ वर्ष पनि टिक्दैनन् प्रमुख सचिव

विराटनगर | मंसिर ३०, २०८०

Prabhu Bank
NTC
Premier Steels

कार्यभार सम्हालेको नौ महिना नपुग्दै कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेको सरुवा भएको छ । २०७९ चैत २० गते उनी कोशी प्रदेशको मुख्य सचिव भएर आएका थिए  । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले उनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको हो । काफ्लेको यसअघि लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिव थिए । उनी नवौं सचिवका रुपमा कोशीमा आएका थिए । 

Muktinath Bank

यसअघिका सचिवहरू पनि प्रदेशमा एक वर्ष पनि बसेका थिएनन् । पहिलो प्रमुख सचिव बनेर आएका यादवप्रसाद कोइराला २०७४ माघ २४ गते प्रदेशमा हाजिर भएका थिए ।  उनी २०७४ चैत्र ३० मुख्यमन्त्री कार्यालयबाट विदा भएका थिए । सुरेश प्रधानले तीन– साढे तीन महिना मात्रै प्रदेश सरकारको प्रशासनिक चाबी समाल्न पाएका थिए । २०७५ वैशाश ४ गते मुख्यमन्त्री कार्यालयमा हाजिर भएका उनी असार २० गते विदा भएका थिए । केदार न्यौपानेले भने कोइराला र प्रधानभन्दा लामो समय प्रदेशमा बिताएका थिए । २०७५ साउन २८ गते आएका उनी २०७६ वैशाख १२ गते विदा भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यौपाने विदा भएकै भोलिपल्ट सुरेश अधिकारी हाजिर भएका थिए । उनी नौ महिनापछि बिदा भएका थिए । उनी २०७६ माघ २२ गते विदा भएका हुन् । 


Advertisment
Nabil box
Kumari

२०७६ माघ २९ गते पाचौं मुख्य सचिव बनेर दिनेश भट्टराई आएका थिए । उनले तत्कालीन प्रदेश १ मा २०७७ चैत्र ४ गतेसम्म प्रशासनिक नेतृत्व सम्हालेका थिए ।  भट्टराईपछि सुमनराज अर्याल प्रदेशको मुख्य सचिव बनेर आएका थिए । २०७७ फागुन ११ गते मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका अर्याल २०७८ साउन २९ गते बिदा भएका थिए । २०७८ साउन ३२ गते डा रामप्रसाद घिमिरे प्रशासनिक वागडोर समाल्न मुख्यमन्त्रीको कार्यालयमा आइपुगेका थिए । २०७९ असार १४ गतेसम्म प्रशासनिक बागडोर समालेर उनी बिदा भएका थिए ।  विनोदप्रकाश सिंह आठौं प्रमुख सचिवको रुपमा २०७९ असार १६ गते कार्यालयमा हाजिर भएका थिए । उनी तीन महिना पनि प्रदेशमा बसेनन् । उनको भदौ २९ गते सरुवा भएको थियो । 

Vianet communication

काफ्लेको सरुवा मन्त्रिपरिषद्को बैठकले बिहीवार गरे पनि कोशीको मुख्य सचिवमा को आउने भन्ने टुंगो लागेको छैन । काफ्लेको सरुवाको पत्र भने आइनसकेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी दिनेश ढुंगानाले बताए । 

प्रमुख सचिव तथा सचिवहरूलाई संघले नै प्रदेशमा खटाउने गरेको छ । संघको खटन–पटन भएकै कारण प्रमुख सचिवहरू नटिक्ने गरेको सरोकारवालाहरू बताउँछन् । संघीय सरकारले प्रदेशलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म यस्तै समस्या आइरहने कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री समशेर राईले बताए । ‘सविधानले प्रदेशलाई अधिकार दिएको छ,’ लोकान्तरसँग उनले भने ‘अब हामी प्रदेशलाई कस्तो बनाउने, कसरी बनाउने र अधिकार कसरी लिने भनेर देखाउछौं ।’ 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x