×

NMB BANK
NIC ASIA

विवादमा मन्त्रीको निर्णय

कोशीका स्वास्थ्य मन्त्रीको गैरकानूनी काम: पूर्वाधार नबन्दै सय शय्या अस्पताल सञ्चालनको अनुमति

विराटनगर | पुस २, २०८०

NTC
Premier Steels

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले मापदण्ड नै पूरा नगरेको निजी अस्पताललाई एक सय शय्या सञ्चालनको अनुमति दिएको पाइएको छ । मन्त्रालयले भौतिक संरचना निर्माण नै नसकिएको विराटनगरको गोल्डेन अस्पताललाई एक वर्षअघि नै सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएको हो । 

Muktinath Bank

कोशी प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रीस्तरीय निर्णयबाट गोल्डेनलाई सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगरको हस्पिटल चोकमा भाडाको घरमा गोल्डेन अस्पताल ५० शय्यामा सञ्चालनमा थियो । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, जनस्वास्थ्य सेवा नियमावली २०७७ र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार सय शय्याको अस्पताल सञ्चालन गर्न आफ्नै भवन हुनुपर्छ । तर, मन्त्रालयले आफ्नै भवन बनाई नसकेको गोल्डेनलाई १०० शय्या सञ्चालनको अनुमति दिएको हो । गोल्डेनले अहिले पनि भाडाकै घरबाट अस्पताल सञ्चालन गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

गोल्डेनले विराटनगर–११ मा नयाँ भवन निर्माण गरेर अस्पताल विस्तार गर्ने योजना भने बनाएको छ । तर, भवन अझै बनिसकेको छैन । एक वर्षअगाडि नै सय शय्याको अस्पताल सञ्चालनको अनुमति पाए पनि गोल्डेनको भवन निर्माणको काम अझै सकिएको छैन । 

Vianet communication

अस्पताल स्तरोन्नतिको लागि स्वास्थ्य मन्त्रालयमा २०७७ चैत २८ गते गोल्डेनले निवेदन दिएको थियो । उसले १० महिनाभित्र आफ्नै भवनमा अस्पताल लैजाने प्रतिवद्धता जनाएपछि तत्कालीन स्वास्थ्यमन्त्री यादवले मन्त्रीस्तरको निर्णयबाट सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएका थिए ।

null

सचिव स्तरीय निणर्यबाट अनुमति दिन मिल्ने भए पनि कर्मचारीले नमानेपछि तत्कालीन स्वास्थ्यमन्त्रीले मन्त्रीस्तरीय निर्णयबाट अनुमति दिएका थिए । कानुन मिचेर अस्पताललाई अनुमति दिने विषयमा तत्कालीन मन्त्री यादव र मन्त्रालयका सचिवबीच विवादसमेत भएको एक कर्मचारीले बताए । 

मन्त्रीको निर्णयपछि स्वास्थ्य मन्त्रालयले २ मंसिर २०७९ मा गोल्डेनलाई सय शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्न अनुमति दिएको हो । अनुमति पाएपछि गोल्डेनले पुरानो भाडाको अस्पतालबाटै सय शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । 

गोल्डेनलाई मापदण्ड पूरा नगरी अस्पताल स्तरोन्नतिको अनुमित दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी पनि परेको छ । उजुरीउपर अनुसन्धान शुरू गरेको आयोगको इटहरी कार्यालय प्रमुख सुरेश न्यौपानेले जानकारी दिए । ‘गोल्डेन हस्पिटललाई स्वास्थ्य मन्त्रालयले स्तरोन्नति गरी एक सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिएको विषयमा अनुसन्धान शुरू गरेका छौं,’ उनले भने, ‘अनुसन्धानको क्रममा रहेकोले धेरै बोल्न मिल्दैन । अनुसन्धानपछि थप विषय खुल्नेछ ।’

अख्तियारले अनुसन्धान शुरू गरेपछि कोशी प्रदेश सरकारले पनि त्यसबारे छानबिन थालेको छ । गैरकानुनी रूपमा अस्पताल सञ्चालनको अनुमति दिएको विषयमा छानबिन गर्न प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकको नेतृत्वमा तीन सदस्य समिति बनाएको हो । छानबिनको काम भइरहेको संयोजक नायकले जानकारी दिए । उनले छानबिन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउन बाँकी रहेको बताए । 

तत्कालीन स्वास्थ्यमन्त्री यादवले भने गोल्डेनलाई कानुनअनुसार नै आफूले सय शय्या स्तरोन्नति गरी सञ्चालनको अनुमति दिएको दाबी गरेका छन् । ‘त्यसबेला निवेदन आएपछि हस्पिटलले प्रतिवद्धता गरेको थियो,’ उनले भने, ‘प्रतिवद्धताअनुसार हामीले अनुमति दियौं ।’ प्रतिवद्धताअनुसार भवन निर्माण गरेर अस्पताल सञ्चालन नगरको भए स्वयं अस्पताल जवाफदेही हुने यादवको भनाइ छ । 

यता अस्पतालका सञ्चालक सनातन मण्डलले भने अस्पताल नयाँ भवनमा सारिसकेको दाबी गरे । उनले नयाँ भवनमा सारिसकेको दाबी गरे पनि अस्पताल भने पूरानै भवनबाट सञ्चालित छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x