कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
बुटवल | पुस २२, २०८०
राष्ट्रिय सभा सदस्य चयनका लागि लुम्बिनीमा २ सीटमा निर्वाचन हुँदैछ । नेकपा एमालेका कुमार दसौँदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते नयाँ सदस्य छान्नका लागि प्रतिस्पर्धा हुन लागेको हो । निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यकाल स्थापना भइसकेको छ ।
राष्ट्रिय सभा निर्वाचनको लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गरिँदैछ । राष्ट्रिय सभामा निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । रिक्त रहने १९ पदका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभामा लुम्बिनीबाट को–को जालान् भन्ने अहिले चर्चा चलेको छ । एक्ला–एक्लै चुनाव लडेको अवस्थाका कांग्रेस पहिलो शक्तिको रूपमा रहेको छ । दोस्रो एमाले र तेस्रो नेकपा माओवादी केन्द्र रहेको छ । सत्ता साझेदार दलहरूले आफ्ना उम्मेदवार जिताउन गठबन्धन गर्दैछन् ।
गठबन्धन दलभित्र हानथाप !
चुनाव हुन लागेका २ सीटमध्ये १ सीटमा कांग्रेसको स्वाभाविक दाबी छ । बाँकी एक सीटमा सत्ता गठबन्धन दलहरूबीच हानथाप देखिएको छ । गठबन्धनभित्र रहेका दलमा जुन पार्टीको सीट रिक्त हुँदैछ, त्यहाँ सोही पार्टीले उम्मेदवारी दिने अनौपचारिक सहमति भएकाले लुम्बिनीको एउटा सीटमा कांग्रेसले उम्मेदवारी दिने पक्काजस्तै भइसकेको छ ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा सदस्यमा उम्मेदवारीका लागि जिल्लाबाट सिफारिश भएका नामको सूची निकै लामो रहेको बताए । राष्ट्रिय सभामा जान लुम्बिनीबाट कांग्रेसमा चुनाव हारेका नेताहरू नै अघि देखिएका छन् । नेकपा माओवादी केन्द्रमा लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि लुम्बिनी प्रदेशबाट एक सीटमा आफ्नो पार्टीको अनिवार्य दाबी रहेको बताए ।
माओवादीले जयपुरी घर्ती, गणेशमान पुनसहित २ दर्जन नेताहरूको नाम सिफारिश गरेको नेता बरालले जानकारी दिए । यस्तै जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार दलको रूपमा आफूहरूको पनि स्वाभाविक दाबी रहेको बताएका छन् ।
अहिले सत्ता गठबन्धनबाट लुम्बिनीमा कांग्रेस, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति, जनमत, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । प्रदेश सरकारमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा छन् ।
दुई पदका लागि कांग्रेसमा १२४ जना सिफारिश !
कांग्रेसबाट लुम्बिनी प्रदेशमा १२३ जना आकांक्षी देखिएका छन् । दुई पदका लागि जिल्लाबाट आएका १२१ र प्रदेशबाट ३ जना गरी १२४ जनाको नाम सिफारिश गरी केन्द्रमा पठाइएको सभापति पुनले जानकारी दिए ।
रुकुम–पूर्वबाहेक अन्य जिल्लाबाट पूर्व संसाददेखि स्थानीय तहमा उम्मेदवार बनेकासम्मलाई जिल्ला कार्यसमितिले सिफारिश गरेको छ । आकांक्षीहरू पूर्व उपसभामुख पुष्पा भुसाल, सार्वजनिक लेखा समितिका पूर्व सभापति भरतकुमार शाहदेखि केन्द्रीय सदस्य गेहेन्द्र गिरी तथा कृष्ण किशोर घिमिरेलगायत रहेका छन् ।
यस्तै, प्यूठानबाट डा.गोविन्द पोखरेल, गुल्मीबाट चन्द्र केसी लगायतका रहेका छन् । भुसाल अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन् । शाह रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए । सबैको विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिकालगायत पृष्ठभूमि खुलाएर मात्रै नाम सिफारिश गरिएको सभापति पुनको भनाइ छ ।
एमालेले को–को लाई अघि सार्दैछ ?
नेकपा एमालेले २ पदका लागि प्रदेशबाट ६ जनाको नाम केन्द्रमा पठाएको छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल (आरके)का अनुसार पाल्पाका झपेन्द्र जिसी, कपिलवस्तुका सफर अलि मिया, कपिलवस्तुकै शारदा शर्मा, बाँकेकी एकमाया विक, दाङकी तुलसी केसी र बर्दियाकी कृष्णमाया गुरूङको नाम सिफारिश भएको छ ।
‘जिल्लाबाट आएका नाममध्येबाट छनोट गरी ६ जनाको नाम केन्द्रमा पठाएका छौं,’ अध्यक्ष कंडेलले लोकान्तरसँग भने, ‘६ जनामध्ये २ जनाको अन्तिम टुंगो लाग्नेछ । हामीले तालमेल गरेर अघि कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि विभिन्न राजनीतिक पार्टीहरूसँग छलफल अघि बढाएका छौं ।’
एमालेले अघि सारेका नामहरू चर्चितभित्र पर्दैनन् । एमाले एक्लै प्रतिस्पर्धा गरेको अवस्थामा निर्वाचन जित्न गाह्रो देखिन्छ ।
कुन दलको कति मतभार ?
लुम्बिनीमा कांग्रेससँग सबैभन्दा बढी मतभार छ । २७ जना प्रदेश सांसद र ९२ जना स्थानीय तहका पदाधिकारी रहेको कांग्रेससँग २ हजार ९५२ मत छ ।
त्यस्तै, २९ जना प्रदेश सांसद र ६७ जना स्थानीय तहका पदाधिकारी रहेको एमालेसँग २ हजार ५९८ मत छ ।
यसैगरी, माओवादी केन्द्रसँग १ हजार १०४, जनता समाजवादी पार्टी (जसपा) सँग २५२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग २४६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग २१६ मत छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीसँग १९२, जनमत पार्टीसँग १४४, लुम्बिनी प्रदेशका स्वतन्त्र सांसदहरूसँग १४४, राजमोसँग १२०, एकीकृत समाजवादीसँग ४८ र जनता प्रगतिशील पार्टीसँग ३६ मत छ ।
चारजना उम्मेदवार रहेको स्थितिमा जीतका लागि ४ हजार ५० भन्दा बढी मत आवश्यक देखिन्छ । कतिपय मतदानमा अनुपस्थित पनि हुन सक्छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायतका दल मिल्ने हो भने गठबन्धनलाई सहज बहुमत पुग्ने देखिन्छ ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य छन् । उनीहरूको मत ४ हजार १७६ हुन आउँछ । त्यस्तै, १०९ पालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष गरी २१८ जना छन् ।
उनीहरूको मतभार ३ हजार ९२४ छ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा कुल मतभार ८ हजार १०० छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...