×

NMB BANK
NIC ASIA

कहिल्यै खाली नहुने संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा रिक्त हुन लागेका एक तिहाइ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

Muktinath Bank

पहिलोपल्ट ५९ जना निर्वाचित हुँदा २० जनाको दुई वर्ष, अर्को २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्षको पदावधि थियो ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकपटकका लागि २, ४ र ६ वर्षको पदावधि गोलाबाट तानिएको थियो । त्यसपछि भने निर्वाचित हुने हरेक सदस्यको कार्यकाल अनिवार्य ६ वर्ष हुँदै आएको छ । २०७४ फागुन २० गते ६ वर्षका लागि गोला तानेका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ ।


Advertisment
Nabil box
Kumari

निर्वाचनका लागि सोमबार सातवटै प्रदेशमा दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

Vianet communication
Laxmi Bank

सत्ता गठबन्धनमा आबद्ध दलले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् । यीबाहेक एमाले र राप्रपाले पनि उम्मेदवारी दिएका छन् ।

१२ वटा दलको तर्फबाट उम्मेदवारी परेको छ, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी छन् । 

कुन प्रदेशबाट कसको पदावधि सकिँदैछ ? 

सातवटै प्रदेशबाट सांसद भएका १९ जना र मनोनीत एक सदस्यको पदावधि सकिन लागेको हो ।

यसरी पदावधि सकिन लागेकामा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसका २ र जसपा तथा स्वतन्त्र १/१ छन् । 

पदावधि सकिन लागेका एमाले सांसदमा गण्डकीबाट गणेशप्रसाद तिमल्सिना र दीपा गुरुङ, बागमतीबाट दिलकुमारी रावल थापा 'पार्वती' र रामचन्द्र राई छन् ।

त्यस्तै, कर्णालीबाट नरपति लुवार र भैरवसुन्दर श्रेष्ठ, लुम्बिनीबाट कुमार दसौंधी र सुदूरपश्चिमबाट इन्दु कडरिया छन् । मनोनीत विमला राई पौड्यालको पनि कार्यकाल सकिन लागेको छ ।

कांग्रेसबाट कोशीमा रमेशजंग रायमाझी, मधेशमा जीतेन्द्रनारायण देव, गण्डकीमा प्रकाश पन्थ र लुम्बिनीमा अनिता देवकोटाको कार्यकाल सकिँदैछ ।

कोशीमा विना पोखरेल, सुदूरपश्चिममा हरिराम चौधरी र महेशकुमार महराको कार्यकाल सकिँदैछ ।

नेकपा एसबाट बाग्मतीमा सिंगबहादुर विश्वकर्मा र कर्णालीमा नन्दा चपाईको माओवादीबाट सदस्य पदको पदावधि सकिँदैछ ।

जसपाकी प्रमिला कुमारी र स्वतन्त्रतर्फ बागमतीबाट जितेका खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदैछ ।

कुन प्रदेशमा कति सिट खाली ?

राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट  ३–३ गरी ९, कोशी, मधेश र लुम्बिनीबाट २–२ गरी ६ समेत १९ सीटका लागि निर्वाचन हुँदैछ । एक महिला सदस्य मनोनीत हुनेछन् ।

महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फबाट निर्वाचित गर्नुपर्ने प्रावधान छ ।

यही क्लस्टरगत रूपमा दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् । अब सातवटै प्रदेशमा तोकिएका मतदान केन्द्रमा मतदान हुनेछ । 

को–को हुन्छन् मतदाता ? कसरी हुन्छ मतदान ?

राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशका प्रदेश सभा सदस्य, निर्वाचित हुने सम्बन्धित प्रदेशभित्रका स्थानीय तहका नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता हुन्छन् । 

यिनै मतदाताले सम्बन्धित प्रदेशमा भोट हालेर त्यहाँबाट रिक्त पदमा सदस्य निर्वाचित गर्नेछन् । मतदाताको मतभार भने फरक–फरक हुनेछ ।

प्रदेश सभाका प्रति सांसदको मतभार ५३ हुनेछ । तर स्थानीय तहका नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षको प्रतिव्यक्ति मतभार १९ हुनेछ । यसअघि ४८ र १८ मतभार थियो ।

चुनाव प्रदेशगत रूपमा अलगअलग हुन्छ । यस्तो हुँदा प्रदेशभित्र रहेका प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीको संख्याअनुसार प्रदेशहरूको कूल मतभार फरक–फरक छ । 

मतभार नेपालको जनसंख्या र कूल प्रदेश सभा सदस्य तथा कूल स्थानीय तहको अनुपातबाट निकालिएको हो । २०७८ सालमा नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

सात प्रदेशका कूल ५५० प्रदेश सांसदले भाग गर्दा ५३ हजार ०२७ हुन्छ । यसलाई पनि फेरि एक हजारले भाग गर्दा ५३ मतभार हुन्छ ।

यसैगरी नेपालको जनसंख्यालाई ७५३ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको कूल संख्या १५०६ ले भाग गरिन्छ ।

यसरी भाग गर्दा १९,३६६ हुन आउँछ । यसलाई फेरि हजारले भाग गर्दा आउने १९ संख्या नै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार हो । यही मतभारका आधारमा निर्वाचन हुन लागेको हो ।

कुन प्रदेशमा कति छन् मतदाता र कति छ मतभार ? 

कोशीमा ३६७ मतदाता हुँदा कूल मतभार १०,१३५ रहेको छ । मधेश प्रदेशमा ३७४ मतदाता हुँदा मतभार १०,७४४ छ । 

बागमतीमा सबैभन्दा बढी ३४७ मतदाता छन् । यहाँको मतभार १०,३३३ छ, जुन सात प्रदेशमध्ये सबैभन्दा बढी हो । 

गण्डकीमा २३० मतदातामा कूल मतभार ६,४१० रहेको छ । लुम्बिनीमा मतदाता ३०५ छन् भने कूल मतभार ८,७५३ रहेको छ । 

कर्णाली प्रदेशमा सबैभन्दा कम १९६ मतदाता छन् । कूल मतभार पनि सबैभन्दा कम ५,०८४ छ ।

सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता हुँदा ६,१०० मतभार रहेको आयोगले जनाएको छ ।  

कहाँ–कहाँ हुन्छ मतदान ?

सातवटा प्रदेशमा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । तोकिएका मतदान स्थलमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीका लागि बेग्लाबेग्लै मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ । 

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम तोकिएको छ । 

बागमती प्रदेशका लागि भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय ब्लक प्राविधिक भवन, हेटौंडा मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा तोकिएको छ । 

लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन दाङको घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन कैलालीलाई मतदान स्थल तोकिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x