×

NIC ASIA

भारतीय लगानीकर्तालाई नेपालमा व्यापार विस्तार गर्न आग्रह​

काठमाडाैं | बैशाख १८, २०८१

Prabhu Bank
NTC
Premier Steels

भारतीय राजदूतावासले आयोजना गरेको ‘पोस्ट इन्भेस्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ सम्पन्न भएको छ ।

Muktinath Bank

नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा मंगलवार काठमाडौंमा गरिएको कार्यक्रममा करिब ३५ जनाको सहभागिता थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाले भारत र नेपालको व्यापारबीच सहकार्यका लागि जलविद्युत्, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एमआईसीसीआईए)का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गरे । भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्त्व रहेको उनको भनाइ थियो । 

Vianet communication

null

यस्तै, लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न आग्रह गरेका थिए ।

यही वैशाख १६ र १७ गतेको तेस्रो नेपाल लगानी सम्मेलनमा फलदायी छलफलमा सहभागी भएका कैयौं व्यक्तिगत व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी सदस्यीय बलियो भारतीय प्रतिनिधिमण्डलको उनले प्रशंसा गरे ।​​​

बीटूबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।

null

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनको एकदिन अगाडि सार्वजनिक गरेको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।

सो पुस्तिका यहाँबाट डाउनलोड गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x