२१ जेठ २०८३, बिहीबार

अवैध लागुऔषधसहित शङ्खरापुरबाट ८ जना पक्राउ

पुस २६, २०८०
काठमाडौं
अवैध लागुऔषधसहित शङ्खरापुरबाट ८ जना पक्राउ

काठमाडौंको शङ्खरापुर नगरपालिका–३ घट्टेडाँडाबाट अवैध लागुऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्रबहादुर लामा समेत ६ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले लामाको टहरो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    
विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३२ मिलिग्रामसहित उर्लाबारी नगरपालिका–३ बस्ने २७ वर्षीय अर्जुन दाहाललाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम ५१० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–३ बस्ने २२ वर्षीय महेश परियारलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्