मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
बुटवल | पुस २९, २०८०
बुटवलको कालिकापथको सडकमा रहेका हाइटेन्सन लाइनका ठूला पोल हटाएर साना र सुरक्षित मोनोपोल राख्ने प्रक्रिया शुरू भएको छ ।
फराकिलो सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (टावर मोनोपोल) राखिन लागेको हो । त्यसको लागि आइतवारदेखि माटो परीक्षणको काम शुरू भएको छ ।
मोनोपोल चारखुट्टे जस्तो भद्दा संरचना पनि देखिँदैन । होराइजन चोकदेखि तलतिर सडकमा रहेका चार वटा ‘रिप्लेस’ गरिने नेपाल विद्युत प्राधिकरण योगीकुटी शाखाका इन्जिनियर इन्जिनियर सूर्य पाण्डेले बताए ।
अति जोखिमपूर्ण रहेको यो सडकमा रहेका पोलहरूलाई नयाँ राख्नको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गरेका थिए ।
‘फराकिलो सडकका बीचमा रहेका चारखुट्टे हाइटेन्सनका पोलले दुर्घटनाको जोखिम समेत बढाएको छ । अब सानो मोनोपोल राखेपछि दुर्घटनामा कमी आउनुका साथै सुरक्षित पनि बढी हुन्छ । त्यसको लागि हामीलाई स्थानीयको साथ आवश्यक छ’, इन्जिनियर पाण्डेले भने, ‘२५ दिनभित्र ड्रिल गरेर स्वाइल टेस्ट गरिसकेपछि कस्तो आकारको पोल आवश्यक हुन्छ, त्यहीँअनुसार कम्पनीलाई निर्माण गर्न दिन्छौं ।’
गर्मी अघि नै काम सक्ने गरी अघि बढेको उनले बताए ।
योगीकुटीदेखि मगरघाट हुँदै मैनाहिया जाने खण्डमा भूमिगत प्रशारण लाइन विस्तारको काम पनि अघि बढेको छ ।
‘चार वटा खुट्टा भएको जिग्राउँदो पोल हेर्दा पनि त्यति राम्रो देखिँदैन’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘अहिले नयाँ प्रविधिका मोनोपोल विकास भएको छ । एउटा ठिङ्ग उभिने पोल हो । यसले सडकलाई साँघुरो पनि पार्दैन हेर्दा नराम्रो पनि हुँदैन । त्यो व्यवस्था अनुसार यो काम अघि बढाएका थियौं, त्यहीँअनुसार काम अघि बढेको हो ।’
अहिलेको प्रशारण लाइनको पोलले सडकको धेरै भाग ओगटेको देख्दा भद्दा र बेलाबेला दुर्घटनाको समेत जोखिम बढेकोले मोनोपोल राख्न लागिएको हो ।
यो पोल राखिएपछि कालिकापथ थप आकर्षक र सुरक्षित हुनेछ । विकसित देशहरूमा यस्ता मोनोपोल बढी प्रयोग भइरहेका छन् ।
नेपालमा एक दुई ठाउँलाई सुरक्षित बनाउन मोनोपोल राख्न थालिएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...