×

NMB BANK
NIC ASIA

आहा–रारा गोल्डकपको फाइनल आजः उपाधि भिडन्तमा आर्मी र थ्रीस्टार

काठमाडाैं | माघ २०, २०८०

NTC
Sarbottam
तस्वीर साभारः गोल नेपाल डट्कम ।
Premier Steels
Marvel

कास्की–कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा–रारा पोखरा गोल्डकप फूटबलको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र ललितपुरको थ्रीस्टार क्लब भिड्ने भएका छन् । 

Muktinath Bank

आर्मी क्लबले यसअघि चार संस्करणमा प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।  प्रतियोगितामा पाँचौँ पटक उपाधिनजिक पुगको आर्मीको मुख्य लक्ष्य च्याम्पियन बन्ने नै हुनेछ । थ्रीस्टार क्बलले भने हालसम्म पाँच पटक उपाधि जितिसकेको छ । थ्रीस्टार  छैटौँ उपाधिको खोजीका लागि आज मैदानमा उत्रने छ । आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ सालमा  प्रतियोगिताको फाइनलमा पुगेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो पटक आर्मी र थ्रीस्टार २०७५ सालमा फाइनलमा भिडेका थिए । तर त्यस बेला थ्रीस्टार नै च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँच वर्षपछि थ्रीस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा प्रतियोगिताको उपाधि चुमेको थियो । प्रतियोगितामा हालसम्म सात पटक फाइनलमा पुगेको थ्रीस्टार २०७४ सालमा सम्पन्न १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।


Advertisment
Nabil box
Kumari

जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलको पहिलो खेलमा राइजिङ स्टार फूटबल क्लबलाई हराएर विजयी शुरुआत गरेको थियो ।  क्वाटरफाइनलमा सङ्कटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै आर्मी फाइनल पुगेको हो । थ्रीस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हराएको थियो । क्वाटरफाइनलमा भुटानको पारो फूटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जीत निकाल्दै उसले फाइनलमा स्थान बनाएको हो । 

Vianet communication
Laxmi Bank

प्रतियोगिताको च्याम्पियन टोलीलाई १२ लाख एक हजार तथा उपविजेताले रु ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजक सहरा क्लबका अध्यक्ष केशवराज बरालले बताए । पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x