२२ असार २०८३, सोमबार

चुनावमा तालमेल गर्ने समाजवादी फोरम र राजपाको निर्णय, काेसँग मिल्लान ?

कात्तिक २०, २०७४
चुनावमा तालमेल गर्ने समाजवादी फोरम र राजपाको निर्णय, काेसँग मिल्लान ?
काठमाडौं, २० असोज– संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मंसिमा हुने चुनावका लागि आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त रुपमा साझा उम्मेदार उठाउँदै चुनावमा भाग लिने निर्णय गरेका हुन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा संयोजक महन्थ ठाकुरले संयुक्त रुपमा हस्ताक्षर गर्दै जारी गरिएको विज्ञप्तीमा अन्य राजनीतिक पार्टी÷दलहरुबीच मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेका दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको जनाइएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठवन्धमा रहेका फोरम र राजपाबीच चुनावी तालमेल भएपछि कांग्रेस संकटमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्