२२ असार २०८३, सोमबार

बिरामी असान्जे अमेरिका सुपुर्दगीविरुद्धको मुख्य सुनुवाइमा अनुपस्थित

फागुन ८, २०८०
काठमाडौं
बिरामी असान्जे अमेरिका सुपुर्दगीविरुद्धको मुख्य सुनुवाइमा अनुपस्थित

विकिलिक्सका संस्थापक जुलियन असान्जे मङ्गलबार बिरामीका कारण गोप्य सैन्य तथा कूटनीतिक फाइलहरू प्रकाशित गरेको अभियोगमा अमेरिकामा सुपुर्दगीविरुद्धको आफ्नो अन्तिम पुनरावेदनको सुनुवाइमा लन्डनको एक अदालतमा अनुपस्थित भएका छन् ।

दुई दिने सत्रको सुरुआतमा असान्जेका वकिल एडवर्ड फिट्जगेराल्डले लन्डनको उच्च अदालतलाई ५२ वर्षीय असान्जेको स्वास्थ्य ‘आज ठिक नभएको’ र उनी व्यक्तिगतरूपमा वा भिडियो लिङ्कमार्फत सुनुवाइमा सहभागी नहुने बताए । 

सुनुवाइ हुनुभन्दा अघि नै पुगेर असान्जेकी श्रीमती स्टेलाले प्रदर्शनकारीहरूको भिडलाई धन्यवाद दिँदै भने, “कृपया आइराख्नुहोला, जबसम्म जुलियन मुक्त हुनुहुन्न तबसम्म जुलियन र हाम्रा लागि त्यहाँ रहनुहोला ।” अदालत बाहिर भिडले ‘फ्रि जुलियन असान्जे’ भन्ने नारा लगाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्