×

NMB BANK
NIC ASIA

गण्डकीमा फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान

पाेखरा | फागुन १०, २०८०

NTC
Premier Steels

गण्डकी प्रदेशमा यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान २०८० अभियान शुरू हुने भएको छ । मनाङ र मुस्ताङ जिल्लाबाहेकका २ लाख ५३ हजार ३५ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको हो । 

Muktinath Bank

सरकारले सन् २००४ देखि प्रत्येक ४–४ वर्षको अन्तरालमा यो अभियान सञ्चालन गर्दै आएको छ । यो वर्ष गण्डकीका हिमाली जिल्लाबाहेक ९ जिल्लामा ९ महिना पूरा गरेका र ५ वर्षभित्रको उमेर समूहका सबै बालबालिकालाई खोप लगाइँदै छ । यो अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोपको मात्रा प्रदान गर्ने व्यवस्था निर्देशनालयले गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवलपरासी बर्दघाट सुस्ता पूर्वमा भने ९ महिनादेखि १५ वर्ष मूनिका बालबालिकाहरुलाई खोप दिइँदै छ । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी नवलपरासी पूर्वमा १ लाख २२ हजार बालबालिकालाई खोप लक्षित गरिएको छ भने सबैभन्दा कम म्याग्दीमा ६५०० बालबालिकालाई खोप लक्षित गरिएको छ । 


Advertisment
Nabil box
Kumari

कास्कीमा ३४ हजार ९२५, लमजुङ ९ हजार ८१५, तनहुँ २० हजार ४८०, पर्वत ८ हजार ६११, बागलुङ २० हजार, गोरखा १४ हजार ७०४ र स्याङ्जामा १६ हजार जना बालबालिकालाई लक्षित गरिएको छ । यो अभियानअन्तर्गत प्रदेशका २ हजार ८८९ वटा खोप सेसनबाट २ लाख ५३ हजार ३५ जना बालबालिकालाई खोप लगाउन २ हजार ८८९ जना स्वास्थ्यकर्मी र ५ हजार ७७८ स्वयंसेवक परिचालित हुँदै छन् । 

Vianet communication

फागुन १३ बाट गण्डकीसँगै देशैभर सञ्चालन हुने यो खोप अभियान चैत ७ गतेसम्म सञ्चालन हुने छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दादुरा–रुबेला खोपलाई प्राणघातक रोगमा वर्गीकरण गरेको छ । सरकारले २०२६ सम्म नेपालबाट यो रोग निवारण गर्ने लक्ष्य राखेको छ । यसवर्ष मात्र देशका १८ जिल्लाका २० स्थानमा महामारी फैलिइ करिब १ हजार ३०० भन्दा बढी व्यक्ति रोगबाट प्रभावित भएका थिए । जसमा गण्डकीको तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकामा समेत यो रोगको देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यही पुष र माघमा शुक्लागण्डकीमा ३ जना बालबालिकामा यो रोगको संक्रमण देखिएको थियो । 

विश्व स्वास्थ्य संगठन, गण्डकीका मेडिकल अफिसर रामु शर्माका अनुसार सरकारले ८४ प्रतिशतलाई खोप सेवा दिन सकेको छ । यो खोपबाट अझैपनि १६ प्रतिशत बालबालिका छुटेका छन् । यो रोगबाट विशेषगरी बालबालिका बढी प्रभावित हुने भएकाले यसले उनीहरूमा अन्य संक्रामक रोगहरूको सम्भावना बढाउने चिकित्सक बताउँछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x