×

NMB BANK
NIC ASIA

खोटाङको जन्तेढुङ्गामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ बन्द !

खोटाङ | फागुन १२, २०८०

NTC
Premier Steels

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको थियो ।​

Muktinath Bank

विसं २०७४ मा स्थानीय सरकारले स्थापना गरेका छ सामुदायिक स्वास्थ्य इकाइमध्ये चारवटा बन्द भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य सेवा लिनका लागि घण्टौं हिँड्न बाध्य नागरिकलाई मध्यनजर गर्दै स्वास्थ्य चौकी सरह सेवा दिनेगरी गाउँपालिकाले छ स्थानमा इकाइ स्थापना गरिएकामा अहिले जन्तेढुङ्गा–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइमात्र सञ्चालनमा छन् ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य इकाइको उचित व्यवस्थापनमा गाउँपालिका प्रशासनले बेवास्ता गर्दा वडा नं ४ डम्बर्खुशिवालयस्थित बाम्राङ र कात्तिके सामुदायिक स्वास्थ्य इकाइ, वडा नम्बर ५ चिसापानीको खुटा छिरुवाधारा र मातेपानी सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका जन्तेढुङ्गा–४ का वडाध्यक्ष विदुरमान राईले जानकारी दिए ।

Vianet communication

राजनीतिक स्वार्थका कारण इकाइ बन्द गरिएका उनले आरोप लगाए ।​​

खुटाछिरुवाधारामा विसं २०७७ कातिक २७ गते र कात्तिकेमा विसं २०७७ फागुन ५ गते विशेष समाहरोहका बीच स्वास्थ्य इकाइ स्थापना गरिएको थियो । उद्घाटन भएको केही समयसम्म सञ्चालन भएर बन्द गरिएका ती इकाइबाट अहिले गाउँघर क्लिनिक र खोप सेवामात्र सञ्चालन हुने गरेका स्थानीय बताउँछन् । ​

खुटाछिरुवाधारामा इकाइ सञ्चालनका लागि गाउँपालिकाको लगानीमा भवनसमेत बनाइएको थियो । 

अघिल्लो स्थानीय सरकारले स्थापना गरेका इकाइमध्ये आवश्यकीय स्थानकालाई निरन्तर सञ्चालन गरिएको भन्दै अनावश्यक स्थानकालाई बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।

उनका अनुसार जनशक्ति राख्ने आन्तरिक श्रोत नभएकाले अनावश्यक ठाउँका सामुदायिक स्वास्थ्य इकाइ बन्द गरिएको हो ।

‘अघिल्लो जनप्रतिनिधिले स्थापना गरेको भनेर इकाइ सञ्चालन नगरिएको होइन । जनशक्ति राख्ने आन्तरिक आयश्रोतको अभावमा बन्द गर्नुपरेको हो’, उपाध्यक्ष खड्काले भने, ‘निरन्तरता दिनका लागि जनशक्ति अभाव छ । कतिपय इकाइ कार्यालय सहयोगीको भरमा सञ्चालनमा रहेकाले बन्द गर्नुको विकल्प थिएन । अति आवश्यकीय ठाउँमा बाहेक अन्य बन्द गरिएको हो ।’

जनशक्ति तथा आवश्यक उपकरण, फर्निचरलगायत सामग्रीको व्यवस्थापन नगरी स्थापना गरिएका चार इकाइबाट हाल गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएको गाउँपालिकाले जनाएको छ । ​

बामोल सामुदायिक स्वास्थ्य इकाइ भने स्थापना भए पनि उद्घाटन भएर सञ्चालन नै नभएको स्थानीय बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x