
नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बिहीबार भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको छलफलमा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ ।
समाजवादी गठबन्धनका संयोजकसमेत रहेका विप्लवले यो विषयमा पनि ओलीसँग छलफल गरेको बताइएको छ । भेटमा नेकपाका प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए ।