कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
काठमाडाैं | चैत १५, २०८०
२१ फागुनमा सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । बिहीबार बिहान ११ बजे बालुवाटारमा भएको भेटमा संसद्को गतिरोध र शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । उनका अनुसार प्रचण्ड-देउवाबीच एक घण्टा जति कुराकानी भएको हो ।
‘उहाँहरूबीच एक घण्टाजति सकारात्मक छलफल भएको छ । प्रधानमन्त्रीले देउवाजीसँग संसदलाई विजनेस दिने, शान्ति प्रक्रियाका कामलाई सत्ता पक्ष र विपक्ष नभनी टुंग्याउन मैले पहिलदेखि नै पहल गर्दै आएको छु । जनताको मुद्दामा वादविवाद नगरी अगाडि बढौं । पर्याप्त छलफल गरौं मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीको छ,’ आचार्यले भने, ‘देउवाजीले पनि सकारात्मक जवाफ दिनुभएको छ ।’
पछिल्लो समय कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसदमा विरोध गर्दै आएको छ । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले स्वार्थ बाझिनेगरी उनी मन्त्री पदमा बस्न नहुने अडान लिँदै आएको छ ।
यस अघिदेखि नै शान्ति प्रक्रियाका कामलाई सम्पन्न गर्ने टीआरसी विधेयक टुंगोमा पुर्याउन खोजिए पनि दलबीच सहमति जुटिसकेको छैन । यसअघि एमालेको असहमतिको कारण यो विषय अलपत्र पर्दै आएको थियो । एमाले सरकारमा गएपछि पनि यस विषयमा दलहरूबीच संवादको वातावरण देखिएको छैन ।
कांग्रेससँगको समीकरणमा भएपछि प्रचण्डले यसलाई टुटाउँदै २१ फागुनदेखि एमालेसहितका दललाई जोडेका थिए । प्रधानमन्त्री प्रचण्डले थप एक वर्ष प्रधानमन्त्री बनाएपछि देउवा आफू प्रधानमन्त्री बन्ने पर्खाइमा थिए । तर, प्रचण्डले समीकरण बदलेपछि कांग्रेस प्रधानमन्त्रीसँग असन्तुष्ट रहँदै आएको थियो । यही असन्तुष्टिपछि पहिलोपटक प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...