
नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ ।
५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू भएको स्मार्टफोनले आगामी यात्रालाई गति दिने कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार ‘ग्यालेक्सी एम१४ एलटीई’लाई ग्राहकले वास्तविक साथी बनाउन सक्नेछन् ।
‘ग्यालेक्सी एम१४ एलटीई’ दुई आकर्षक नीलो र गाढा निलो रङ्गमा उपलब्ध छ ।
यो ४/६४जीबी संस्करणको लागि १६,९९९ र ६/१२८ जीबी संस्करणको लागि रु. २१,९९९ को मूल्य निर्धारण गरिएको छ ।
यो मोडेल १८ अप्रिल २०२४ बाट शुरू हुँदै देशभरका सबै रिटेल आउटलेटमा सजिलै उपलब्ध हुने कम्पनीले जनाएको छ ।