
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भोलि वैशाख २३ गते पहिलोपटकस्थापना दिवस मनाउने भएको छ । न्याम्सले २२औँ स्थापना दिवसका अवसरमा पहिलो पटक यो दिवस मनाउन लागेको हो ।
वीर अस्पतालका पूर्वनिर्देशक एवं न्याम्सका उपकुलपति प्रा डा भूपेन्द्र बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान र उपलब्धिको स्मरण गर्दै शैक्षिक दायरा बिस्तार गर्न स्थापना दिवस मनाउन लागेको जानकारी दिए । न्याम्स चिकित्सक उत्पादन गर्ने सबैभन्दा ठूलो संस्था बनेको उनको भनाइ छ ।
उपकुलपति बस्नेतका अनुसार न्याम्सबाट वार्षिक पन्ध्र सयभन्दा बढी एमडीएमएस, एक सय २० भन्दा बढी डीएमएस चिकित्सक, एक हजार चार सय नर्स गरी तीन हजार दुई सय ४६ जना दक्ष जनशक्ति न्याम्सबाट उत्पादन भएका छन् ।
उपचारात्मक सेवामा न्याम्सको योगदानको चर्चा गर्दै अझै विशिष्टकृत विषयमा अध्यापन गराउने योजना रहेको उनको भनाइ छ । उनहाँले आगामी शैक्षिकसत्रमा एमबिबीएस कार्यक्रम सुरु गर्ने तयारीबारे जानकारी दिए ।
चिकित्सा शिक्षामा स्नातक र स्नातकोत्तरबीचको खाडल कम गर्न न्याम्स लागिपरेको उनको भनाइ थियो । उनले एमडीएमएस कार्यक्रम भरतपुर, विराटनगर र भेरीमा अध्यापनका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।
न्याम्समा विशेषज्ञ चिकित्सक एमडीएमएस १९ विषयमा र डीएमएमसीएसका १५ विषयमा अध्यापन हुँदै आएको छ ।
स्थापना दिवस मनाउने सन्दर्भमा उनले न्याम्स र वीरलाई छुट्याउने, न्याम्सले छुट्टै अस्पताल स्थापना गर्ने विषयले विशेषज्ञ चिकित्सक अध्यापनमा प्रभाव पर्न सक्ने बताए ।