×

बुद्ध तिमी आऊ !

काठमाडाैं | जेठ १०, २०८१

  • अर्जुनमोहन भट्टराई

आऊ बुद्ध तिमी, जगाऊ निदाएकाहरूलाई
भौतिक सुःखमा, लोभिएका नेपालीहरूलाई ।।
शान्ति सन्देश देऊ, प्रेम सर्वत्र फैलाऊ
ज्ञानमार्ग बताई, नेपालीजनको दुःख हटाऊ ।।
एसियाको ज्योति बनेर, तिमी आयौं ।
संसारमा सत्य के हो, सबैलाई अथ्र्यायौं ।।
अप्प दियो भव, तिमीले सिकायौं ।
मान्छेलाई मानव बन्न, चेतना जगायौं ।।
बुद्ध तिमी दलहरूमा आऊ, तिनलाई जगाऊ
भौतिक सुःख छोटो छ, सबैमा बुझाऊ ।।
बुद्ध तिम्रो खाँचो छ यहाँ, शीघ्र आऊ ।
दुःख हटाउन सन्देश, सबैमा फैलाऊ ।।
तिमी आयौं जुनबेला, सत्ययुग यहाँ थियो ।
तिमी अस्तायौं जब, तिम्रो आगमन खड्किरह्यो ।।
तिमी विज्ञान हौ, तिमी सत्य हौं विशाल ।
शान्ति, सत्‌मार्ग, अहिंसा, दिगो चिर काल ।।
क्षमा, दान, सत्वचन, तिम्रा अचूक मन्त्रमा ।
लुम्बिनी शून्य छ आज, तिम्रो अभावमा ।।
युवा, बालक, नयाँ पुस्ता, बाटो बिराएको छ ।
मात्र तिम्रो पर्खाइमा, देश रोइरहेछ ।।
घरमा आऊ, मनमा आऊ, बिहारमा आउ।
क्षमा, करुणा, दान, अहिंसा सबैमा जगाउ ।।
बुद्ध तिमी, हावा, पानी, घाम बनेर आऊ ।
निदाएका, बेहोस अबुझ सबैलाई जगाउ ।।


Advertisment

Advertisment
चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

जेठ २४, २०८१

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको आयोजनामा विश्व वातावरण दिवस (पर्यावरण दिवस)को अवसर पारेर  हरित काव्य गोष्ठी सम्पन्न भएको छ । बुधवार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थलीस्थित सत्य सनातन बाबाको कुट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x