×

सहकारी ठगीको अर्को ठूलो काण्ड

साढे २ अर्बमाथिको कृषि सहकारी ठगी प्रकरण: मोबाइल नम्बर र ठाउँ फेरीफेरी बस्थे अध्यक्ष र सञ्चालक

काठमाडाैं | असार २, २०८१

साढे २ हजार बचतकर्ताको २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ परेका कृषि विकास बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी थापासहित संस्थाकी व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको हो ।


Advertisment

उनीहरूविरुद्ध ५६६ जना बचतकर्ताका तर्फबाट ६५ वटा जाहेरी परेको छ । जाहेरीमा उल्लेख भएको ठगी रकम ९४ करोड २३ लाख ४२ हजार रहेको प्रहरीले जनाएको छ । 


Advertisment

संस्थामा कुल २ हजार ५३१ बचतकर्ताले २ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेको देखिएको प्रहरीले जनाएको छ । जाहेरी पर्न बाँकी रहेको उक्त रकम समेत ठगीको दायरामा आउने देखिन्छ ।

null

आकर्षक ब्याज दिने र भनेको बेलामा उपलब्ध गराउने प्रलोभन देखाई रकम जम्मा गर्न लगाएर अपचलन गरेको भन्दै उनीहरूविरुद्ध जाहेरी परेको थियो । 

जिल्ला प्रहरी परिसर ललितपुरमा २०८० मंसिर १९ मा जाहेरी दर्ता भई अनुसन्धान शुरू भएकोमा माघमा जिल्ला अदालत ललितपुरले पक्राउको अनुमति दिएको थियो ।

त्यसयता फरार रहँदै आएका अध्यक्ष थापा तथा सञ्चालक समिति सदस्यहरूलाई २०८१ जेठ ३२ गते शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापा र राजकर्णिकार पति-पत्नी हुन् । उनीहरू मोबाइल नम्बर परिवर्तन गरेर ठाउँ फेरि-फेरि बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

थापाविरुद्ध बैंकिङ कसुरमा झण्डै पौने ३ करोडका ५ वटा मुद्दा समेत रहेको प्रहरीले जनाएको छ । दुईवटा मुद्दामा उनीमाथि कारबाही भएको छ भने ३ वटामा उनी फरार प्रतिवादी छन् ।

उनीहरूको साथबाट बा २५ च ४२९६ नम्बरको इको भ्यान, ६ थान मोबाइल, ३ थान पेन ड्राइभ, ३ थान हस्ताक्षरसहितको चेकलगायत सामग्री बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

null

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x