×

NIC ASIA

बागी उम्मेदवारका कारण वाम गठवन्धन संकटमा

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

उदयपुर, १७ कात्तिक– आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरु मनोनयन दर्ता गर्ने क्रममा बिहीबार जिल्ला निर्वाचन कार्यालय उदयपुरमा वाम गठबन्धनका उम्मेदवारहरु विरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि उदयपुरको वाम गठबन्धन संकटमा परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, उदयपुरका अनुसार वाम गठबन्धनविरुद्ध गठबन्धनकै सातजनाभन्दा बढी नेताहरुले बागी उम्मेदवारी हालेका छन् । उदयपुरको प्रतिनिधि सभाका लागि क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका तर्फबाट गठबन्धनबाट आधिकारिक टिकट पाएका प्रतिनिधि सभाका उम्मेदवार सुरेश किराँती विरुद्ध एमालेका वैकल्पिक केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र माओवादी केन्द्र, उदयपुरका अध्यक्ष विनोद कटुवालले समेत बागी उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, क्षेत्र नं २ को ताप्ली सुनकोशी उदयपुरगढी प्रदेश क्षेत्रका लागि वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार टिकट पाएका भेषकुमारी राउतविरुद्ध माओवादी केन्द्रकै जिल्ला नेता नारायण बुर्जा र एमालेका होमप्रसाद दाहालले बागी उम्मेदवारी हालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यता प्रदेशका लागि त्रियुगा नगर क्षेत्रबाट वाम गठबन्धनबाट आधिकारिक टिकट पाएका उम्मेदवार रामबहादुर थापाविरुद्ध माओवादी केन्द्रका जिल्ला नेता मीनबहादुर ठकुरी र जीवन कार्की समेत बागी उम्मेदवार बनेको वाम गठबन्धनका प्रवक्ता ईश्वरमणि राउतले बताए ।

जिल्लाको बेलका चौदण्डी क्षेत्रमा वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार बनेका एमाले जिल्ला नेता बिमल कार्कीविरुद्ध एमालेकै जिल्ला नेता कुशलबाबु बस्नेतले बागी उम्मेदवारी हालेका छन् ।

नेपाली काँग्रेसमा भने बेलका चौदण्डी क्षेत्रको प्रदेशसभाको सदस्यका आधिकारिक उम्मेदवार बनेका पार्टी जिल्ला सभापति बिदुर बस्नेतविरुद्ध अर्का जिल्ला नेता प्रशान्त राईले बागी उम्मेदवार हालेको नेपाली काँग्रेस, उदयपुरले बताएको छ ।

उदयपुरमा वाम गठबन्धनको तालमेल भएअनुसार जिल्लामा प्रदेशको चार र केन्द्रको दुई सिटमा आधा–आधा बराबरी भाग लगाएर उम्मेदवार निर्धारण गरेको भए तापनि एकले अर्काविरुद्ध बागी हालेपछि वाम गठबन्धन संकटमा आएको स्वयं एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत र माओवादी केन्द्रका जिल्ला नेता राजन किराँतीले बताएका छन् ।

बागी उम्मेदवारले आफुहरुले पार्टीबाट जस्तोसुकै सजाय भोग्न परेपनि नाम मनोनयन दर्ता फिर्ता नगर्ने धारणा एक बागी नेता जीवन कार्कीले बताउनुभयो । बिहीबारको दिनभरिमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नगरे उदयपुरमा गठबन्धनको औचित्य समाप्त हुने र गठबन्धनका आधिकारिक उम्मेदवारहरु पराजय हुने समेत जिल्लाका पुराना वाम नेता ज्ञानबहादुर बस्नेतले बताए ।

उदयपुरमा बिहीबार बेलुकी सम्ममा प्रतिनिधि सभाका लागि २५ जनाको उम्मेदवार दर्ता भएको छ भने प्रदेश सभाका लागि ३९ जनाले नाम दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश र केन्द्र गरेर ६४ जना उम्मेदवारको नाम दर्ता भएको छ भने १६ राजनीतिक दलले सहभागिता जनाएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x