×

NIC ASIA

तपाईंको क्षेत्रमा ‘नराम्रा’ उम्मेदवार त उठेका छैनन् ? आयोगमा उजुरी दिनुहोस्

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ कात्तिक– दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते देशका मध्य पहाडी र तराईका ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १२८ र प्रदेशसभा प्रत्यक्षतर्फ २५६ निर्वाचन क्षेत्रमा चुनाव हुन लागेको हो ।

जसका लागि हिजो (बिहीवार) उम्मेदवारको मनोनयन पनि दर्ता भइसकेको छ । ४५ जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतपर्फ १७४२ र प्रदेशसभातर्फ २९६६ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिएकामध्ये सबैजना राम्रा र सही आचरण भएका नहुन पनि सक्छन् । कतै तपाईंको निर्वाचन क्षेत्रमा गलत आचरण भएका व्यक्तिको उम्मेदवारी त परेको छैन ? यदि खराब आचरण भएको व्यक्तिले उम्मेदवारी दिएको तपाईंले भेट्टाउनुभयो भने उम्मेदवारी खारेजीको माग गर्दै प्रमाणसहित सम्बन्धित क्षेत्रका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतकाे कार्यालयमार्फत निर्वाचन आयोगमा उजुरी गर्न सकिने छ ।

निर्वाचन आयोगले बिहीवार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन शुक्रवारको समय तोकेको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार शुक्रवार विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारविरुद्ध उजुरी दिन सकिने छ ।

सार्वजनिक अपराध, भ्रष्टाचार, जबरजस्ती करणी, हातहतियार तथा खरखजाना, कर्तव्य ज्यानलगायत मुद्दामा दोषी ठहर भएका व्यक्तिले उम्मेदवारी दर्ता गराएको पाइएमा त्यस्ता व्यक्तिविरुद्ध प्रमाणसहित उजुरी दिए उनीहरुको उम्मेदवारी खारेज हुने छ ।

शुक्रवार उम्मेदवारविरुद्ध दिइएको उजुरीउपर निर्वाचन अयोगले छानविन गर्ने छ । आयोगले उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानविन गरी कात्तिक १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

उम्मेद्वारी फिर्ता लिनेका लागि भने १९ गतेसम्म समय दिइने निर्वाचन आयोगका प्रवक्ता ढकालले बताए । उनका अनुसार उम्मेदवारहरुलाई १९ गते नै चुनाव चिह्न प्रदान गरिने छ ।

पहिलो चरणअन्तर्गत उच्च पहाडी र हिमाली ३२ जिल्लामा मंसिर १० गते हुने निर्वाचनका लागि कात्तिक ५ गते नै उम्मेदवारहरुको मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणमा चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइ चुनाव चिह्न समेत प्रदान गरिसकिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x