१४ असार २०८३, आइतबार

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

मंसिर ३०, २०८१
काठमाडौं
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
फाइल फोटो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । 

नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ । 

मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयू सम्झौता गरिने जनाइएको छ ।

कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमा समेत छलफल हुने उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्