×

NMB BANK
NIC ASIA

‘बाबु साहेव’ को चुनावी लत

मतदाताकोमा पानी समेत खाँदैनन् पशुपति शमशेर राणा, विजयवासबाट पुग्छ खाजा

मंसिर ४, २०७४

NTC
Premier Steels

सिन्धुपाल्चोक ४ मंसिर– ७६ वर्षको बुढ्यौली उमेरको प्रवाह नगरी पशुपति शमशेर राण अर्थात ‘बाबु साहेव’ सिन्धुपाल्चोकबाट दशौं पटक चुनावी प्रतिष्पर्धामा छन् । 

Muktinath Bank

चार दशकदेखि चुनाव लड्दै आएको लत उनमा छुटेको छैन । अन्य दलका नेताहरु समानुपातिकबाट सांसद बन्ने सजिलो बाटो रोजेपनि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा प्रत्यक्षमै चुनाल लड्ने हिम्मत गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चुनाव जित्ने पक्का भएरै प्रत्यक्षमा लडेको हो’ चुनाव प्रचारका क्रममा रहेका राणाले लोकान्तरसँग भने । विक्रम संवत २०३१ सालदेखि चुनाव लडेका राणाको यो १० औं पटकको प्रतिष्पर्धा हो । यसबीचमा राणाले ७ पटक विजय र दुईपटक पराजयको स्वाद चाखेका छन् । 


Advertisment
Nabil box
Kumari

०३१ सालमा चुनाव लड्नुअघि गैर सरकारी संस्थामा जागिरे थिए ।

Vianet communication

तत्कालिन थुम्पाखर गाबिस (अहिलेको सुनकोशी गाउँपालिका) मा घडेरी किनेर राणा सिन्धुपाल्चोकका बासिन्दा बनेका थिए । त्यहाँ उनको घर छ, तर बसाई चाहिँ काठमाडौंमा । राष्ट्रिय पञ्चायतको सदस्य बन्नका लागि सोही जिल्लाको बासिन्दा हुनुपर्ने नियमका कारण राणाले सिन्धुपाल्चोकमा घडेरी किनेका थिए । 

राणाले राष्ट्रिय पञ्चायतमा लगातार ४ कार्यकाल जिते । २०४६ सालको जनआन्दोलनले पञ्चायत ढालेर बहुदलीय व्यवस्था आएपछिपनि राणाको विजययात्रा रोकिएन ।  

राणा सिन्धुपाल्चोक ३ बाट २०४८, ५१ र ५६ सालमा पनि सांसद निर्वाचित भए । गणतन्त्र स्थापना भएपछि भने राणाको पराजय यात्रा शुरु भयो । 

२०६४ सालको संविधनसभा निर्वाचनमा राणा माओवादीका दावा लामासँंग पराजित भएभने ०७० सालमा एमालेका शेरबहादुर तामाङसँंग । 
 

राणाले तीन पटक हराएका नेता जिताउने अभियानमा !  

२०४८ देखि ०५६ सालसम्म सिन्धुपाल्चोकमा पशुपति शमशेरका प्रतिष्पर्धी थिए, नेपाली कांग्रेसका कान्छा लामा । लामाले सधैभरी राणासँंग चुनाव हारिरहे । 

‘मलाई चुनावमा हराउने गिरिजा र कृष्णप्रसाद हुन्, कमजोर उम्मेदवार बनाएर हराइयो । कांग्रेसको पूर्ण समर्थन पाएको भए मैले चुनाव जित्थेँ’ ०५६ सालको चुनावपछि लगातार अमेरिका भासिएका लामाले केही दिन पहिले कांग्रेसको जिल्ला पार्टी कार्यालय शिलन्यास कार्यक्रममा भने । 

राणाका लागि आफूलाई ‘बलिको बोको’ बनाइएको तामाङको गुनासो रहँदै आएको छ । तीनै लामा अहिले राणालाई जिताउने अभियानमा लागेका छन् । 

पशुपति शमशेरलाई नेत्रविक्रम थापाले सिन्धुपाल्चोकको राजनीति गर्न प्रेरणा दिएका थिए । राणाले सिन्धुपाल्चोक १ बाट चुनाव लडेपनि त्यहाँ भने उनी विजयी हुन सकेनन् । २०४८ र ५१ मा नेकपा एमालेका अमृत बोहोरासंँग पराजीत भएभने ०५६ सालमा कांग्रेसका मोहन बस्नेतले राणालाई हराएका थिए । सिन्धुपाल्चोकको क्षेत्र नम्बर तीनबाट भने उनले ४८ र ५१ चुनाव जितेका थिए ।  

२०६४ सालको चुनावमा राणाले तीनजना तामाङ उम्मेदवारको सामना गर्नुपर्यो । सिन्धुपाल्चोकमा माओवादीका दावा तामाङ, कांग्रेसका निमा ग्याल्जेन शेर्पा र एमालेका शेरबहादुर तामाङ उम्मेदवार थिए । 
‘नेपालमा जातीय राजनीति उत्कर्समा पुगेको समयमा तीनजना उम्मेदवारको एकसूत्रीय नारा राणा हराउ भन्ने थियो, अध्यक्षजी चुनाव क्षेत्रमा जान पनि पाउनु भएन’ ०६४ सालमा राणाले हार्नुको कारणबारे राप्रपाका एक जिल्ला नेताले लोकान्तरसँग भने । 

त्यो बेला राणाले झण्डै दशहजार भोट ल्याएका थिए । माओवादीका दावाले १३ हजार २ सय भोट ल्याउँदा सय भोटले शेरबहादुरले हारे, राणा तेस्रो बने । ०७० सालको चुनावमा राणाका लागि परिस्थिति खुकुलो भयो, साढे २ हजार भोटले राणाले हारे । 

स्थानीय पत्रकारहरुका अनुसार सिन्धुपाल्चोकमा राणाका १० हजार भोट सुरक्षित छन्, तर चुनाव जित्नका लागि त्यो पर्याप्त छैन ।

विजयबासबाटै पुग्छ राणाको खाजा खाना
सिन्धुपाल्चोका गाउँमा चुनाव प्रचार गर्न गएपनि राणा मतदाताको घरमा पाकेको कुनै पनि कुरा खाँदैनन् । पानी पनि आफैले काठमाडौंबाट लिएर जान्छन् । यसबारे स्थानीयका दुईथरी विश्लेषण छन्, कतिपयको बुझाइ मतदाताको नखाने भन्ने छ भने कतिपयले पशुपति शम्शेरमा राणाकालीन सामान्ती सोच रहेको टिप्पणी गर्छन् । 

०७० सालसम्म चुनावी सभामा प्रयोग हुने मेच, कुर्सी पनि महाराजगञ्जबाटै लग्ने गर्दथे । अहिले भने खाना र पानी मात्र काठमाडौंबाटै लग्छन् । 

‘हो मैले मतदाताको घरमा पानी खाँदिन, म ‘मिनिरल वाटर पिउँछु’ राणाले लोकान्तरसँग भने । राजसी खानदानका राणाले मतदाताकोका घुलमिल नगरेकोमा राप्रपाका कार्यकर्ता समेत असन्तुष्ट छन् ।  

‘उहाँका राम्रा विशेषता पनि छन्, अनुहार हेरेर नातीलाई चिन्छन्’ राणालाई नजिकबाट चिनेका सिन्धुपाल्चोकका स्थानीय पत्रकार ध्रुव दंगालले लोकान्तरसँग भने, ‘एकपटक देखेको मान्छे नभुल्ने, र बोलाउने विशेषता उहाँमा छ । तर जनताको घरमा खाना र पानी नखाने उहाँको कमजोरी रहेको टिप्पणी चलिरहन्छ ।’

राणाले काठमाडौं बाहिर जाँदा सितिमिति भात खादैनन् । विजयवासबाट, केक, पाउरोटी र फलफुल लैजाने गर्छन् । 

घरमा दुध नखाइदिँदा सम्बन्ध विच्छेद !
जिल्ला जाने क्रममा राणा एकदिन स्थानीय कार्यकर्ता स्व कृष्ण पुरीको घरमा पुगे । राणा आएको भनेर उनीहरुले जीवनमै सबभन्दा धेरै सरसफाइ गरेका थिए । तर श्रद्धापुवर्क दिएको दुध राणाले खाइदिएनन् । राणाको त्यो व्यवहारबाट दुःखी बनेको पुरी परिवार राप्रपा पार्टी छाड्ने अबस्थामा पुग्यो । 

२०६४ सालको चुनावमा छोरी देवयानी राणालाई लिएर हिँडेका राणा अहिले चुनाव प्रचारमा नायिका रेखा थापालाई लिएर हिँडेका छन् । दरवार हत्या काण्डमा नाम जोडिएकी देवयानीलाई हेर्न सिन्धुपाल्चोकमा भीड लाग्ने गरेको स्थानीहरु बताउँछन् । 

बुवाको प्रचारमा हिँडेकी देवयानीले आफूपनि राजनीतिमा आउने छनक दिएकी थिइन्, तर भारतीय नागरिसंग विहे गरेर पारिवारिक तनावमा रहेकी देवयानी यसपटक चुनाव प्रचारमा देखिएकी छै्रनन् । राणाले यसपटक अन्तिमपटक चुनाव लड्ने भनेर भोट मागिरहेका छन् । 

राष्ट्रिय राजनीतिका एकजना खेलाडी पशुपति शम्शेरले आठौं पटक चुनाव जित्छन कि हारको तेस्रो ह्याट्रिक गर्छन् भन्ने कुरा एकसाता पछि हुँदैगरेको मतदानले फैसला गर्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x