३० असार २०८३, मंगलबार

रुकुम पूर्वमा ओडारमा लुकाइराखिएका चार नाल भरुवा बन्दुक बरामद

भदौ ३, २०८२
काठमाडौं
रुकुम पूर्वमा ओडारमा लुकाइराखिएका चार नाल भरुवा बन्दुक बरामद

रुकुम पूर्वमा प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय तकसेरा रुकुमबाट प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको हो ।

गस्ती गर्दै जाने क्रममा पुथाउत्तरगंगा  गाउँपालिका-१३ रानीवनस्थित ओडारमा लुकाईछिपाई राखिएको अवस्थामा बेवारिसे चार नाल भरुवा बन्दुक फेला पारिएको रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए । 

बरामद बन्दुक इलाका प्रहरी कार्यालय तकसेरा रुकुममा ल्याइराखिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्