२१ असार २०८३, आइतबार

अध्यादेश पारित गर्न प्रचण्डको राष्ट्रपतिलाई ‘ग्रिन सिग्नल’

अध्यादेश पारित गर्न प्रचण्डको राष्ट्रपतिलाई ‘ग्रिन सिग्नल’

काठमाडौं, १३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सभा सम्बन्धी अध्यादेश पारित गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । 

विहीवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न सितलनिवास पुगेका माओवादी अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् । 

स्रोतका अनुसार प्रचण्डले  अध्यादेशका कारण सरकार निर्माण प्रकृया रोकिएको भन्दै अध्यादेश पारित गर्न राष्ट्रपति सँग आग्रह गरेको हुन् । उनले यो विषयमा नअल्मलिन राष्ट्रपतिसँग आग्रह समेत गरे । 

वाम गठवन्धनको मुख्य दल नेकपा एमालेले एकल संक्रमणीय प्रणालीमा नभई बहुमतिय प्रणालीमा राष्ट्रिय सभा निर्वाचन गर्नुपर्ने अडान लिइरहेको बेला प्रचण्डले राष्ट्रपतिसँग यस्तो आग्रह गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्