×

NIC ASIA

दैनिक ३ लाख चक्की सिटामोल उत्पादन गर्ने औषधि लिमिटेडको तयारी

फागुन १०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १० फागुन– नेपाल औषधि लिमिटेडले सात वर्षपछि  सिटामोल उत्पादन प्रक्रिया शुरु गरेको छ  । बुधबारबाट चक्की औषधिको परिक्षण उत्पादनको प्रक्रिया शुरु भएको औषधि लिमिटेडका महाप्रवन्धक रोभस कुसम सुवेदीले लोकान्तरलाई जानकारी दिए । 

Muktinath Bank

‘हामी अहिले चक्की औषधि उत्पादनको प्रक्रियामा छौं । जिएमपी मोडलमा कारखाना निर्माण गरी बुधबार बाट चक्की औषधि उत्पादन प्रक्रिया शुरु गरेका छौं’ महाप्रवन्धक सुवेदीले लोकान्तरसँग भने, ‘औषधि बनाउने मेसीनहरु नयाँ छन् । चक्की औषधिको पूर्ण रुपमा बन्नको लागि अब ४ दिन लाग्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवेदीका अनुसार पहिलो चरणमा ८० हजार चक्की औषधिको परिक्षण उत्पादन गरिने छ। परिक्षणको लागि उत्पादन गरीएको औषधिको परीक्षण सफल भएपछि मात्रै बजारमा पठाउने औषधि उत्पादन हुनेछ । 


Advertisment
Nabil box
Kumari

लिमिटेडले परिक्षण उत्पादन गरेको औषधिको परिक्षणको नतिजा आउन एकसाता लाग्ने उनको भनाई छ । लिमिटेडले सिटामोल लगायतका चक्की औषधि उत्पादनका लागि ३ वटा नयाँ ‘ट्याब्लेट कम्प्रेसर’मेसिन खरिद गरेको छ । 

Vianet communication

यस्तै दुईवटा पुराना मेसिनको मर्मतसम्भार गरिएको छ । उक्त मेसिनले तीन लाख २० हजार ट्याबलेट सिटामोल उत्पादन गर्न सक्छ ।

औषधिको सफल उत्पादन शुुरु भएपछि दिनमा ३ लाख चक्की सिटामोल उत्पादन गर्ने लक्ष्य लिएको लिमिटेडले फागुन महिनाभित्रमा सिटामोल बजारमा पठाउने योजना बनाएको छ । लिमिटेडले १५ लाख औषधि तयार भएपछि बजारमा पठाउने जनाएको छ । 

औषधिको सफल उत्पादन शुुरु भएपछि दिनमा ३ लाख चक्की सिटामोल उत्पादन गर्ने लक्ष्य लिएको लिमिटेडले फागुन महिनाभित्रमा सिटामोल बजारमा पठाउने योजना

औषधि उत्पादनको लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार जीएमपी मोडलमा कारखाना निर्माण गर्न नसक्दा सात वर्षदेखी औषधि उत्पादन रोकिएको थियो । 

औषधि उत्पादनको लागि जिएमपी मोडलमा भवन  निर्माण पुस माघमा नै भएपनि आवश्यक मेसिनहरु समयमा जडान नहुदा लिमिटेडले लक्ष्य अनुरुप उत्पादन सुरु गर्न सकेको थिएन । 

२०२९ सालमा सरकारी स्वामित्वमा सञ्चालनमा आएको उद्योग जीएमपी मोडलमा जान नसक्दा २०६७ सालमा बन्द भएको थियो । लिमिटेडले जीवनजल भने एक वर्ष अघिबाटै उत्पादन गर्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x