२२ असार २०८३, सोमबार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

फागुन १२, २०७४
कांग्रेस संसदीय दलको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, १२ फागुन– संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसकेका कारण संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । 

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संसदीय दलको नेता चयन, विधान संशोधन बैठकको मुख्य एजेण्डा रहेका छन् । बैठकमा निर्वाचनमा भोगको पराजय, वाम नेतृत्वमा सरकार बनेपछि कांग्रेसले निर्वाह गर्ने प्रतिपक्षको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित भएका सदस्यहरुको सहभागीता रहने छ । कांग्रेसको प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्