
सुर्खेत १३ वैशाख- कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेको छ । विहिवार सम्पन्न सुर्खेतमा बसेको बैठकले विभिन्न विधेयकको मस्यौदा स्विकृत गरि प्रदेश सभामा पेश गर्न मन्त्रालयलाई सहमति दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद वैठकका निर्णयहरु
आर्थिक वर्ष २०७४/७५को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विनियोजन विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिने ।
प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यवीधि) सम्वन्धि विधेयक २०७५को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई सहमति दिने ।
कर्णाली प्रदेशका गाँउसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई सहमति दिने ।