२२ असार २०८३, सोमबार

मोदीले पेश गरे, ‘पाँच टी’को फर्मुला, जानकी मन्दिरलाई ‘एक सय करोड’ भेटी

बैशाख २८, २०७५
मोदीले पेश गरे, ‘पाँच टी’को फर्मुला,  जानकी मन्दिरलाई ‘एक सय करोड’ भेटी

जनकपुर, २८ वैशाख–भारतीय प्रधानमन्त्री नेपाल भ्रमणका क्रममा जनपुर आइपुगेका छन् ।

जनकपुर आएसँगै मोदीले रामजानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । त्यसलगत्तै जनकपुरका बाह्रविघा मैदानमा आयोजित एक कार्यक्रमकाबीच भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्द गरिएको थियो । अभिनन्दन पछि आफ्नो भनाइ राख्दै मोदीले नेपाल भारतबीच ‘पाँच टी’को सम्बन्ध रहेको बताएका छन् । 

ट्रेडिसन, ट्रेड, टुरिज्म, टेक्नोलोजी र ट्रान्सपोर्ट पाँच टी भएको भन्दै मोदीले नेपाल भारत यो शुत्रमा जोडिनुपर्नेमा जोड दिए । 

नेपाल भारतको सम्बन्ध व्यवहारिक मात्र नभएर आस्थामुखी भएको बताउँदै उनले भने, ‘हाम्रो सुख पनि समान छन्,  चुनौती पनि समान छन् ।  हाम्रो आशा र अभिलाषा दुबै समान छन् ।  हाम्रो सपनाहरू समान छन्, तिनीहरुलाई पूरा गर्ने हाम्रो संकल्प समान छ, हाम्रो मन, मनसुवा र मन्जिल समान छ ।’

त्यसैक्रममा मोदीले मिथिलामा रहेकी जानकीमातालाई भेटी भन्दै ‘एक सय करोड’ रुपैयाँको सहयोगको पनि घोषणा गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्