×

NMB BANK
NIC ASIA

पूर्वआइजीपीकी छोरीको रवाफ : सशस्त्र प्रहरीको दुरुपयोग गर्दै विद्यालयमा दुव्यर्वहार !

असार १, २०७५

NTC
Premier Steels

काठमाडौं, १ असार – सशस्त्र प्रहरीका पूर्वप्रमुख कृष्णमोहन श्रेष्ठकी छोरी नमिता श्रेष्ठले सशस्त्र प्रहरीका जवान प्रयोग गरेर कलंकीस्थित एक विद्यालयलाई दुःख दिइरहेकी छिन् ।

Muktinath Bank

बल्खु कलंकीस्थित पूर्वप्राथमिक स्कूल ‘वेदा इन्टरनेसनल स्कूल’का सञ्चालिका द्वय शीतल श्रेष्ठ र रोशनी सिंहले नमिता श्रेष्ठसँग २०७४ साउन १ गते १५ वर्षको लागि उक्त घर भाडामा लिएका थिए । तर, घर भाडामा लिएको १ वर्ष पनि नहुँदै आफ्नो घरमा सुरक्षा र सुविधाका लागि राखिएका आधा दर्जन सशस्त्र प्रहरीका जवानलाई सो स्कूल पठाएर कहिले बिजुलीको फ्यूज निकालिदिने त कहिले विद्यालयको रिसेप्सनको ढोकामा लगाएको ताला फोरेर सामानहरू बाहिर निकालिदिने काम गराएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरेलु कामदारको रूपमा राखिएका सशस्त्र प्रहरी नेत्र श्रेष्ठ, उत्तम अधिकारी र पुष्कर चौधरीका साथ आफैं आएर बिजुलीको फयुज निकाल्ने र ढोका फोरेर सामान बाहिर निकाल्दै गरेको उक्त विद्यालयको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । उनले गरेको हर्कतसँग सम्बन्धित सबै कानूनी प्रमाणहरू लिएर सम्बन्धित ठाउँमा उजुरी गरिसक्दा पनि नमिता श्रेष्ठले ‘पावर’को आडमा सशस्त्र प्रहरीको दुरुपयोग गर्न छोडेकी छैनन् ।


Advertisment
Nabil box
Kumari

त्यहाँ आएर अस्वाभाविक हर्कत गर्ने सशस्त्र प्रहरीका जवानसँग ‘किन यस्तो गरेको ?’ भनेर सोध्दा उनीहरूको जवाफ ‘म्याडमको आदेश यस्तै छ’ भन्ने खालको आउने स्कूलकी सञ्चालिका रोशनी र शीतल बताउँछिन् । नमिताको आदेशमा सशस्त्रका जवानहरू र नमिताको मामाले रिसेप्सनको ताला खोलेदेखि जेल हालिदिने धम्की दिएका थिए। १५ वर्षको लागि उक्त भवन भाडामा लिने सम्झौता भएपछि सो स्कूलका सञ्चालिका द्वयले त्यही अनुसारको लगानी गरिसकेका छन् । तर, १ वर्ष पनि नपुग्दै देखिएको घरधनीको दुव्र्यवहारले स्कूलमा गरेको लगानीको भविष्य के हुने भन्ने पीर लागिरहेको स्कूलका सञ्चालिका बताउँछन् ।

Vianet communication

नमिताले ‘भवनको भाडा समयमा नबुझाएको र भवनको रेखदेख राम्रोसँग नगरेको’ भन्दै सम्झौता तोड्न खोजेको भएपनि स्कूलसँग घरभाडा नियमित र सम्झौता अनुसार तिरेको प्रमाण सुरक्षित रहेको छ । साथै, सरसफाईमा कुनै कन्ज्युस्याइ नगरिएको देखिन्छ । घटनाबारे प्रतिक्रिया लिन घरभेटी श्रेष्ठसँग लोकान्तरले पटक–पटक टेलिफोन सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आइनन् ।

यस विषयमा सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम पाण्डेले लोकान्तरसँग छोटो कुराकानी गर्दै पूर्वआइजीपीको घर सम्पत्तिको सुरक्षाका लागि राखिएका प्रहरी जवानलाई व्यक्तिगत काममा प्रयोग गरेको देखिएकाले उनीहरूलाई फिर्ता बोलाइएको जानकारी दिएका छन् । 

विद्यालय सञ्चालिका र घरभेटीबीच भएका अन्य असहमति अदालतमार्फत् हल गर्नुपर्ने पाण्डेको भनाइ थियो । नमिता श्रेष्ठका बाबु सशस्त्र प्रहरी नेपालका पूर्वप्रमुख हुन् । २०५९ सालमा श्रेष्ठ र उनकी श्रीमतीको हत्या भएको थियो । सो हत्याको आरोप तत्कालीन माओवादी विद्रोहीलाई लाग्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x