×

NMB BANK
NIC ASIA

एमालेको जिल्ला अधिवेशन

एमाले पश्चिम नवलपरासीमा नेतृत्वका लागि रस्साकस्सीः गुटगत प्रतिस्पर्धाको तयारी

महासचिव पोखरेलनिकट अधिकारी र उपाध्यक्ष पौडेलनिकट बस्याल दौडधुपमा

बुटवल | बैशाख २०, २०८१

NTC
अध्यक्षका मुख्य प्रतिस्पर्धी दीपेन्द्र अधिकारी र धीरज बस्याल ।
Premier Steels

नेकपा (एमाले) पश्चिम नवलपरासीको नयाँ नेतृत्वका लागि चुनावी रस्साकस्सी शुरू भएको छ । पार्टीको ९ औं जिल्ला अधिवेशन शुक्रबारदेखि शुरू हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

Muktinath Bank

अधिवेशनको मिति नजिकिएसँगै जिल्ला नेतृत्व हत्याउन नेताहरूको गुटगत प्रतिस्पर्धा शुरू भएको छ । जिल्लामा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलनिकट नेताहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । जिल्ला नेतृत्वका अध्यक्ष दीपेन्द्र अधिकारी दोहोरिने दाउमा छन् । त्यस्तै सचिव धीरज बस्याल कुनै हालतमा अध्यक्ष नछाड्ने बताउँदै आएका छन् । अधिकारी महासचिव पोखरेल र बस्याल उपाध्यक्ष पौडेलनिकट नेता हुन् ।  अध्यक्षका लागि उपाध्यक्ष डोलराज भण्डारी, राष्ट्रियसभाका पूर्वसदस्य रामलखन हरिजन र श्याम बस्यालले पनि दाबी गर्दै आएका छन् । तर अन्तिममा अधिकारी र बस्यालबीच प्रतिस्पर्धा हुने देखिएको पार्टीका उपसचिव राजनकुमार आचार्यले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारी समूहबाट उपाध्यक्ष डोलराज भण्डारी, सचिवमा लेखनाथ खरेल उपसचिवमा हरिदेव पाण्डेको चर्चा छ । त्यस्तै बस्याल समूहबाट उपाध्यक्षमा सिन्धु जलेसा, सचिवमा राजनकुमार आचार्य उम्मेदवार बन्ने दाबेदारी प्रस्तुत गर्दै आएका छन । उपसचिवमा बस्याल समूहले अझै उम्मेदवार टुंगाएको छैन भने अधिकारी समूहले पनि एकजना उपसचिवको उम्मेदवार नाम अघि सारेको छैन । 


Advertisment
Nabil box
Kumari

गुटकै कारण अधिकारी र बस्यालबीच अन्तिममा प्रतिस्पर्धा हुने कार्यकर्ताहरूले आकलन गरेका छन् । अधिवेशनका लागि जिल्लाका ७४ वटै वडाबाट ४२६ प्रतिनिधि चयन भएका छन । अधिकारी र बस्यालले छनोट भएर आएका प्रतिनिधि ५० प्रतिशतभन्दा बढी आफू निकटका आएको दाबेदारी प्रस्तुत गर्दै आएका छन् । 

Vianet communication

बस्याल बर्दघाट नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन भने अधिकारी निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य हुन् । एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले सर्वसम्मत हुन नसके निर्वाचनबाट नेतृत्व चयन हुनसक्ने बताए । नेता चौधरी पनि उपाध्यक्ष पौडेल नजिकका नेता हुन् । पार्टीको जिल्ला इन्चार्ज मन्त्री बलराम अधिकारी हुन् । अधिकारीले सर्वसम्मत बनाउने बताउँदै आएपनि त्यो सम्भावना कम रहेको कार्यकर्ताहरू बताउँछन् । अध्यक्ष ओलीले शुक्रबार बिहानै पश्चिम नवलपरासी आएर रामग्राम घुम्ने पनि तयारी गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x