×

NIC ASIA

काठमाडौं– डाक्टर गोविन्द केसीको २७ दिन लामो अनसन तोडिएको छ ।  केसीको मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच प्रधानमन्त्री निवास  बालुवाटारमा सहमति जुटेसँगै केसीले बिहिबार राती अनसन तोडेका हुन् ।  केसी र सरकारबीच ९ बुँदे सहमति भएकाे छ । 

Muktinath Bank

केसीलाई सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले जुस ख्वाएर अनशन तोडाएका थिए । 
प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा अनशनरत थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औं पटकको अनसनमा रहेका  केसी र सरकारी वार्ता टोलीबीच यसअघि भएको भनिएको ९ बुँदे सहमतिमा पुनः समस्या उत्पन्न भएको थियो ।


Advertisment
Nabil box
Kumari

 केसीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदालाई सहमति पत्रमा उल्लेख गर्नुपर्ने अडान लिएका थिए ।   त्यसपछि विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा  प्रधानमन्त्रीकै उपस्थितिमा  वार्ता भएको थियो । सो वार्तामा सहमति जुटेसँगै केसी अनसन तोड्न राजी भएका हुन्  ।

Vianet communication

 जुस पिएर अनसन तोडेसँगै उनलाई त्रिवि शिक्षण अस्पतालकै आईसीयूमा भर्ना गरिएको छ ।

यसैबीच सत्तारुढ दल नेकपाका  नेता सुवासचन्द्र नेम्वाङले डाक्टर केसीसँग भएको सहमतिलाई व्यवहारका कार्यन्वयन गरिने बताएका छन् । 

डाक्टर केसीले अनसन तोडेसँगै  नेम्वाङले त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘आज भएका सहमति मात्रै होइन हामीले कयैन लिखित /अलिखित प्रतिबद्धताहरुलाई पूरा गर्नु छ, त्यसलाई हामीले  गरेरै छाड्छौं ।’ 
उनले डा केसीले अब फेरि पनि अनसन बस्नुपर्ने अवस्था नआउने पनि प्रतिबद्धता जनाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x