×

NIC ASIA

लाेकान्तर खाेज

निशान खड्का अपहरण प्रकरण : कोठाबाट उठाइएका ‘अपहरणकारी’सँग कसरी भयो दोहोरो भिडन्त ?

साउन २२, २०७५

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौं–भक्तपुरको सानोठिमी चोकबाट ठिमीजाने मूल सडकमा ७ सय मिटरजति हिँडेपछि दायाँ साइडमा नेपाली सेनाको एक ब्यारेक छ । ब्यारेकबाट ४ पाइला हिँडेपछि ओरालोमा बायाँपट्टि नगदेश्वर बुद्धबिहार जाने बाटोको संकेत बोर्ड राखिएको छ ।

बोर्डमा संकेत गरिएको बाटोबाट पैदल ७ मिनेटजति हिँडेपछि पुगिन्छ नगदेश्वर बुद्धविहार । बिहारको छेउमा पिपल चौतारो छ । चौतारोको अगाडि लहरै घरहरू छन् । त्यही घरको बीचमा एक रातो रंगको घर छ, श्याम लवटको ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बिहान साढे ९ बजेको थियो । घर अगाडि आएर रातो र गाढा निलो रंगका २ वटा जीप रोकिए, निजी नम्बर प्लेटका । जीपसँगै ५–६ वटा मोटरसाइकल पनि रोकिए ।


Advertisment
Rupse Holidays
Nabil box

जीप र मोटरसाइकलमा आएकाहरू सिधै घरभित्र छिरे । १ जनाले एउटा युवकलाई घसार्दै घरको दोस्रो तलमा रहेको १ कोठामा पुर्याए । 

Vianet communication

गाडी र जीपमा आएकाहरू महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका सादा पोशाकका प्रहरी थिए भने उनीहरूमध्ये १ जनाले घिसारेर ल्याएका युवक थिए, गोपाल तामाङ ।

ₒₒₒₒₒₒₒₒₒₒₒₒₒₒₒₒₒₒₒₒ

सिन्धुपाल्चोकको ज्यामिरे–९ स्थायी घर भइ काठमाडौंको काँडाघारीस्थित गार्डेन चोकमा चिया पसल सञ्चालन गरिरहेकी चमेली खड्काका ११ वर्षीय छोरा निशान आइतवार साँझ करीब ७ बजेतिर बेपत्ता भएका थिए ।

अपरिचित व्यक्तिले आइतवार राति ९ बजे चमेलीलाई ‘फोन गरेर’ ‘तिम्रो बच्चा हाम्रो कब्जामा छ । ४० लाख रुपैयाँ नदिए बच्चालाई जेपनि हुन सक्छ’ भनेपछि निशान अपहरणमा परेको पक्का भयो ।

बच्चा अपहरण भएको खबर सुनेर चमेली बेहास भइन् । स्थानीयले प्रहरीलाई खबर गरे । अपहरणको सूचना पाएलगत्तै बालकको खोजीका लागि परिचालन भएको प्रहरीले दोस्रो दिन सोमवार बिहान साढे ९ बजे ‘अपहरणकारी’लाई फेला पार्यो ।

प्रहरीले भनेअनुसार अपहरणकारी थिए, चमेलीको खाजा पसलमा विगत ४–५ वर्षदेखि खाजा–खाना खाने गोपाल तामाङ र अजय तामाङ । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली घर भएका २३ वर्षीय गोपाल र नुवाकोटको सामरी घर भएका २४ वर्षीय अजयबीच वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका बेला ६ वर्षअगाडि चिनजान भएको थियो । मलेसियामा भनेअनुसार काम नपाएर स्वदेश फर्किएका उनीहरूले काठमाडौं बसेर घरमा रङ्ग लगाउने (पेन्टर)को काम थाले ।

डेरामा फेला परेका थिए ‘अपहरणकारी’

गोपाल र अजयले ७ महिना अगाडि भक्तपुर–७ स्थित श्याम लवटको घरमा कोठा भाडामा लिएका थिए । दिउँसो काम गर्न जाने उनीहरू साँझ भने सधैंजसो कोठामा पुग्थे । घरधनीसँग पारिवारिक व्यक्तिको जस्तै सम्बन्ध स्थापित गरेका थिए । कहिलेकाँही लावटको परिवारलाई घरायसी काममा समेत सघाउँथे ।

निशान अपहरण भएको राति गोपाल र अजय करीब साढे ११ बजे कोठामा पुगेको उनीहरू बस्ने कोठा छेउ अर्काे कोठामा बस्ने प्रसन्न रिमाललाई सम्झना छ । तर, कोठमा पुगेर उनीहरूले के–के गरे भन्ने उनलाई याद छैन । 

‘म दिउँसो सुटिङमा गएको थिए । साँझ छिट्टै फर्केर सुतिसकेको थिए । राति करीब साढे ११ बजेतिर उनीहरू आएकोजस्तो सुनेको थिए, सुतिरहेकै बेला,’ पेशाले भिडियोग्राफी गर्ने प्रसन्नले लोकान्तरसँग भने । 

सोमवार बिहान साढे ९ बजे सादा पोशाकको प्रहरी डेरामा पुग्दा गोपाल सामान किन्न नजिकैको किराना पसलमा गएका थिए । प्रहरीले उनलाई पसलबाटै घिसारेर कोठमा ल्यायो भने अजय कोठामै थिए ।

अपरिचित व्यक्तिले गोपाललाई घिसारेर ल्याइरहेको देख्दा लावटको घरमा डेरामा बस्नेहरूले ‘गोपाललाई किन त्यस्तो गरेको ?’ भनेर पनि सोधे । उनीहरूले ‘हामी प्रहरी हौं, एउटा घटनाको विषयमा उनीहरूसँग सोधपुछ गर्नुपर्ने भएकाले आएको’ भन्ने जवाफ दिए । 

कोठामा छिरेको ५–७ मिनेटपछि प्रहरीको टोलीले गोपाल र अजयमाथि कुटपिट गर्न शुरू गर्यो । प्रहरीले कुट्न थालेपछि दुवै जना चिच्याउन थाले । उनीहरू चिच्याएको आवाज बाहिरसम्म सुनिएपछि घरबाहिर मानिसको भीड जम्मा भइसकेको थियो । 

कोठामा छिरेको १ घण्टापछि करीब साढे १० बजे प्रहरीको टोलीले दुवै जनालाई बाहिर निकाल्यो । घर अगाडि रोकिएको ९९३२ नम्बरको रातो रंगको जीपमा राखेर दुवै जनालाई त्यहाँबाट लगियो ।

उनीहरूलाई त्यहाँबाट लगेको केही समयपछि बुद्धविहारबाट तल धानखेतको बीचमा रहेको श्याम लवटकै निर्माणाधीन घरमा प्रहरीको सादा टोली देखियो । प्रहरीको टोलीले निर्माणाधीन घरको जग छेउमा खन्न थाल्यो । करीब १ मिटरजति गहिरो खनेपछि निशानको शव फेला पर्यो ।

प्रहरीले निशानको शव १०ः४५ बजेतिर फेला पारेको थियो । तर, अपराध महाशाखाले जारी गरेको ‘प्रेस नोट’मा साढे १२ बजे निशानको शव फेला पारेको भनिएको छ ।

डेराबाट उठाएका व्यक्तिसँग दोहोरो भिडन्त ? 

प्रहरीले गोपाल र अजयलाई डेराबाट लगेको करीब ३ घण्टापछि खबर आयो, ‘प्रहरीसँगको मुठभेडमा अपहरणकारीको मृत्यु’ भनेर ।

आँखै अगाडि उठाइएका व्यक्तिसँग कसरी दोहोरो भिडन्त भयो होला ? प्रहरीले गोपाल र अजयलाई कोठाबाट जीपमा हालेर लैजाँदै गरेको देखेका स्थानीयहरू अहिलेसम्म पनि यो प्रश्न एकआपसमा सोधिरहेका छन् ।

मंगलवार मध्याह्न लोकान्तरकर्मी पुग्दा पनि स्थानीय पिपल चौतारोमा ‘प्रहरी इन्काउन्टर’बारे कुराकानी भइरहेको थियो । ‘मैले आफ्नै आँखाले दुवै जना (गोपाल र अजय)लाई यहाँबाट लगेको देखेको हुँ,’ लोकान्तरकर्मीको जिज्ञासामा एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘पछि दोहोरो भिडन्तमा मारिएको समाचार सुन्दा पो अचम्ममा परे ।’

प्रहरीले जीपमा हालेर लगेका व्यक्तिसँग पेस्तोल भेटिएको भन्ने कुरा सुनेर उनी झन् आश्चर्यमा छन् । ‘यति उनीहरूसँग पेस्तोल थियो भने कोठामा १ घण्टासम्म कुट्दा किन बरामद गरिएन ?’ ती स्थानीय प्रतिप्रश्न गर्छन्, ‘यो इन्काउन्टरको कुरा सरासर बनावटी घटनाजस्तो देखिन्छ । हिन्दी फिल्मको कथामा यस्तो गर्ने गरेको देखेको थिएँ । नेपाल प्रहरीले वास्तविक रुपमै गरेछ !’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

जेठ ४, २०८१

जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x