×

दक्षिण अफ्रिकामाथि जीतनजिक पुगेको नेपाल कहाँ चुक्यो ?

पराजयबारे विज्ञका आ–आफ्नै तर्कः कोही देख्छन् खेलाडीलाई दोषी, केही भन्छन्– अनुभवको कमी

काठमाडाैं | असार १, २०८१

शनिबार बिहान नेपाली क्रिकेट समर्थकमा एकाएक सन्नाटा छायो । टी–२० विश्वकपमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई जितेर इतिहास रच्ने सुनौलाे मौका गुमेपछि कतिपय समर्थकले आँशु रोक्न सकेनन् । विशेषगरी सेन्ट भिसेन्ट एन्ड ग्रेनाडिनेसस्थित आर्नोस भेला रंगशालामा प्रत्यक्ष खेल हेरिरहेका दर्शकको पीडा टेलिभिजनमै स्पष्ट देखिन्थ्यो । हुन पनि नेपाली टोली दक्षिण अफ्रिकाजस्तो ठूलो टोलीविरुद्ध जीतउन्मुख थियो । अन्तिममा खेलमा नाटकीय मोड आयो र नेपाल मात्र १ रनले पराजित हुन पुग्यो । यसलाई नेपाली समर्थकले अझै पचाउन सकिरहेका छैनन् । सामाजिक सञ्जालभर पीडा छताछुल्ल पोखिइरहेको छ । ‘आजको जति पीडा त छातीमा गोली लागेको भए पनि मान्दिन थिएँ होला । भुलाउनै सकिरा छैन,’ एक नेपाली क्रिकेट समर्थकले सामाजिक सञ्जालमा लेखेका छन् ।

null


Advertisment

खेलले यसरी लिएको थियो नाटकीय मोड


Advertisment

दक्षिण अफ्रिकाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको थियो नेपाल । कप्तान रोहितकुमार पौडेलले टस पनि जिते । पहिले बलिङ गर्ने निधो गरे । नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिका धर्मराएको थियो । बलियो मानिएको टेस्ट राष्ट्र सबै ओभर खेल्दा ७ विकेट गुमाएर ११५ रनमै समेटियो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।​ एकपटक नेपाल ३० बलमा २५ रन मात्र बनाउनुपर्ने बलियो स्थितिमा थियो । यसैबेला लगातार विकेट पटन हुन पुग्यो ।

यसका बीच पनि जित्ने आशा जीवितै थियो । अन्तिम ओभरमा जीतका लागि नेपाललाई ८ रन चाहिएको थियो । शुरूका २ बल डट खेलेका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गरे र चौथो बलमा २ रन लिए । पाँचौं बल फेरि डट खेलेका उनी अन्तिम बलमा रन आउट भएपछि नेपालले पीडादायी हार व्यहोर्नु पर्यो । यदि उनले अन्तिम बलमा १ रन मात्र जोड्न सकेको भए खेल सुपर ओभरमा पुग्थ्यो । खेल जे पनि हुन सक्थ्यो । रोकिँदै दौडिएका उनी लक्ष्यमा पुग्न सकेनन् । यो उनका लागि र सिंगो नेपाली क्रिकेट इतिहासकै लागि पीडादायी भयो ।

इतिहास रच्नबाट किन र कहाँ चुक्यो नेपाल ?

राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा अन्तिम र निर्णायक समयमा नेपाली ब्याटरले १ रनलाई २ मा परिणत गर्न नसक्नु नै साँघुरो हारको कारण रहेको बताउँछन् । 

साथै नेपाल पराजित हुनुमा दक्षिण अफ्रिकाको अनुभवले पनि काम गरेको उनले बताए । खेल हारे पनि नेपाली खेलाडीले उच्च प्रदर्शन गरेको भन्दै उनले प्रशंसा गरे । विशेषगरी सबै बलरले उच्च प्रदर्शन गरेको उनको विश्लेषण छ ।

ब्याटिङमा पनि शुरूवातीमा राम्रो प्रदर्शन गरे पनि १६ ओभरपछि नेपाली खेलाडी चुकेको उनको भनाइ छ ।

null   

‘दक्षिण अफ्रिकाविरुद्ध सबै बलरले राम्रो प्रदर्शन गरे । कि विकेट लिए कि रोके । यस्तो हो क्रिकेट खेल्ने । हामीले बेटर क्रिकेट खेलेका छौँ’, उनले थपे, ‘ब्याटिङमा नेपालको शुरूवात राम्रो भयो । कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा राम्रो गरे । १६ देखि २० सम्ममा हामी चुक्यौं । रनको लागि जानुपथ्र्यो । १ लाई २ मा कन्भर्ट गर्न चुक्न पुग्यौं । अर्कोतिर दक्षिण अफ्रिकाकाे अनुभवले काम गर्यो । उनीहरूले आफ्नो अनुभवको प्रदर्शन गरे ।’

‘नेपाली खेलकुदको वृतान्त’ लेखेर चर्चित बनेका लेखक तथा वरिष्ठ खेल पत्रकार नवीन अर्याल नेपालले जितिसकेको खेल हार्नुमा कुनै व्यक्ति खेलाडीलाई दोष दिनु नहुने बताउँछन् । ठूला खेलमा हुनुपर्ने अनुभवको कमीले नेपालले खेल हारेको उनको भनाइ छ ।

‘खेल हार्नुको दोष कुनै खेलाडीलाई व्यक्तिगत रुपमा नलगाउँ । ठूला टोलीसँग खेल्दाखेरीको खेल अनुभवको कमीले नेपालले हारेको हो । क्यान (नेपाल क्रिकेट संघ)ले विश्वकपको तयारीस्वरुप ठूला टोलीसँग धेरैभन्दा धेरै अभ्यास खेल गराउनु पथ्र्यो, त्यो भएन,’ लोकान्तरसँग कुरा गर्दै उनले भने । 

दक्षिण अफ्रिकासँग उच्च प्रदर्शन गरेको भन्दै लेखक अर्यालले नेपाली खेलाडीको प्रशंसा गरे । अमेरिकाको तुलनामा वेस्ट इन्डिजको पिच ब्याटिङ पिच रहेको उदाहरण दिँदै उनले नेपाली बलरले दक्षिण अफ्रिकाजस्तो सशक्त टोलीलाई ११५ मा रोक्नु चानचुने कुरा नरहेको बताए ।

क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनाले भने गुल्सन झाले फिनिसिङ गर्न नसक्नु हारको प्रमुख कारण रहेको बताए । वेस्ट इन्डिजमा रहेका उनले त्यहीँ सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै ३० बलमा २५ रन चाहिएको अवस्थामा हार्नु भनेको दक्षिण अफ्रिकाले जितेको नभएर नेपाल आफैँले हारेको धारणा राखे ।

null

‘हार्नुको कारण कतिपयले गुल्सनलाई दोषी देखिरहेका छन् । त्यो एक हदसम्म सही पनि हो । अन्तिम ओभरमा उनी ज्यानको बाजी राखेर भए पनि दौडनुपथ्र्यौ । उनी बीचमा किन रोकिए भन्न सकिएन । यसलाई उनले आफ्नो खेल जीवनको सबैभन्दा ठूलो भूलचुकको रुपमा लिनेछन्,’ तिमल्सिनाले भने, ‘दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्नु ठूलो उपलब्धि थियो । ओपनिङ राम्रो भयो तर हामी फिनिसिङमा​ चुक्यौं । ३० बलमा २५ रन चाहिएको थियो । यस्तोमा हार्नु भनेको दक्षिण अफ्रिकाले जितेको होइन हामी आफैँ हारेको हो ।’

। भारतका पूर्वक्रिकेटर मोहम्मद कैफले पनि तिमल्सिनाकै जस्तो धारणा राखेका छन् । ‘२ बलमा २ रन चाहिएको बेला स्पीड कम गर्नु नै हारको कारण हो,’ उनले भिडियो सन्देश जारी गर्दै भनेका छन् ।

nepal

सिनियर क्रिकेट खेलाडी विजय शर्माले भने कुशल मल्लको गैरजिम्मेवारी ब्याटिङका कारण नेपालले हार व्यहोर्नुपरेको तर्क गरेका छन् । ‘मल्लको गैरजिम्मेवार ब्याटिङ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । नेपाल आफ्नो क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जीत निकाल्न असफल भएको भन्दै यसबाट आफू दुःखी भएको उल्लेख गरेका छन् ।  

नेपाल झिनो अन्तरले पराजित भएपछि विश्वभर नेपाली खेलाडीप्रति सहानुभूति आइरहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लगायत धेरै निकायले नेपाली खेलाडीले उच्च प्रदर्शन गरेको भन्दै प्रशंसा गरेका छन् । ती संस्थाले नेपाली समर्थकले देखाएको तदारुकतालाई सलाम गरेका छन् ।

दक्षिण अफ्रिकाविरुद्ध कस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन ?  

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । ४९ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै अनिल शाहले २७ बनाए । २४ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए । यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । २३ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल शून्यमै आउट भए भने कुशल मल्ल १ रन बनाएर पवेलियन फर्किए । गुल्सन झाले ६ र सोमपाल कामीले ८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले सानदार बलिङ गरे । भुर्तेलले ४ तथा दीपेन्द्रले ३ विकेट लिए ।

null 

कुशलले ४ ओभर बलिङ गर्दै १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्रले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । यस खेलबाट कम्ब्याक गरेका सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको ३ वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्सलाई पराजित गर्दै १ खेलअगावै सुपर ८ मा पुगेको हो । 

त्यस्तै नेपालले यसअघि खेलेका २ मध्ये १ मा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले १–१ अङ्क बाँडेका थिए ।

पराजित भएसँगै नेपालको सुपर–८ सम्भावना सकिएको छ । नेपालले अब आफ्नो अन्तिम खेल सोमबार बंगलादेशविरुद्ध खेल्नेछ । 


 

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x