×

NIC ASIA

प्रतिनिधि सभा चुनावपछिको एक वर्ष:

बोल्नु पर्नेले नबोल्ने, काम गर्नु पर्नेले बोलिराख्दा समस्या भयो : चन्द्र भण्डारी [अन्तर्वार्ता]

मंसिर २१, २०७५

Prabhu Bank
NTC
Premier Steels

चुनावपछिको एक वर्ष :

Muktinath Bank

हामीले संविधान सभाबाट संविधान निर्माण गर्‍यौं । संविधानपछि तीनवटै निकायको निर्वाचन सम्पन्न गर्‍यौं । निर्वाचनमार्फत् नेकपालाई दुईतिहाइ मत दिएर जनताले सरकारमा पुर्‍याए । तर नेकपाको सरकाले देशलाई अगाडि बढाउनु पर्ने, विकास निर्माणको दिशातर्फ लैजानुपर्नेमा त्यसो गर्न सकिरहेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले देशलाई झन संकटमा फसाइरहेको छ । न सत्य निरुपण आयोग बनाएर द्वन्द्वपीडितलाई राहत दिन सक्यो न शान्ति प्रक्रियाले अपेक्षा गरेका अन्य आयोगहरू बनाएर देशलाई द्वन्द्वबाट उन्मुक्ति दिन सक्यो । न जैविक तरिकाले राज्य सञ्चालन गर्न सक्यो ।


Advertisment
Nabil box
Kumari

देशलाई संविधानविपरीत गएर धार्मिक र सांस्कृतिक रूपले बिखण्डन गराउने कामहरू भए । देशको जुन धर्म थियो, जुन संस्कृति थियो, असंवैधानिक रूपमा त्यसलाई समाप्त पार्नका लागि यो सरकारले काम गरिरहेको छ । त्यसले गर्दा देशमा झन् अस्थिरताको शुरूवात भएको मैले महसुस गरेको छु ।

Vianet communication

प्रतिपक्षको भूमिका

संसदीय व्यवस्थामा प्रतिपक्षीले मुद्दाहरूको उठान गर्ने हो । त्यसलाई सत्तापक्षले औषधिका रूपमा ग्रहण गर्ने हो । तर नेपालमा कस्तो भयो भने कम्युनिस्टहरूले आफू प्रतिपक्षमा हुँदा तोडफोड गर्थे । बन्द हड्ताल गर्थे । सदन चल्न नदिने, योजनाहरू आउन नदिने काम गर्थे । सोही कारणले अहिले आम जनमानसमा प्रतिपक्षी भनेकै त्यस्तै हुनुपर्ने हो कि भन्ने परेको छ ।

हामीले त मुद्दा उठाएका छौं । हाम्रो कमजोरी के मात्र हो भने प्रतिपक्षी नेता कम बोल्नुहुन्छ, सत्तापक्षीय नेताहरू धेरै बोल्नुहुन्छ । जुन नेता बढी बोल्नुपर्छ, ऊ नबोल्ने जुन नेता नबोली खुरुखुरु काम गर्नुपर्ने हो ऊ बोलिराख्ने स्थितिले गर्दा नेपालमा अहिलेको समस्या आएको हो ।

हाम्रो कमजोरी के मात्र हो भने प्रतिपक्षी नेता कम बोल्नुहुन्छ, सत्तापक्षीय नेताहरू धेरै बोल्नुहुन्छ । जुन नेता बढी बोल्नुपर्छ, ऊ नबोल्ने जुन नेता नबोली खुरुखुरु काम गर्नुपर्ने हो ऊ बोलिराख्ने स्थितिले गर्दा नेपालमा अहिलेको समस्या आएको हो ।

सरकारको काम कारवाही

यो सरकार नेपालको यति ठूलो गौरवपूर्ण इतिहासलाई ध्वस्त गर्ने दिशातर्फ अग्रसर भएको छ । धार्मिक सांस्कृतिक हिसाबले सरकार कुनै अमूक र विवादास्पद् आईएनजीओको पक्षमा छ भन्ने देखायो भने सैन्य हिसाबले भारतसँग मिलेर सैन्य अभ्यास गर्ने निर्णयले नेपालको स्थान चीनका लागि कहाँ रह्यो भन्ने प्रश्न उठायो ।

क्रिश्चियन संस्थाले गरेको कार्यक्रममा सरकार नै आयोजक बनेपछि नेपालको स्थान भारतका लागि कहाँ रह्यो भन्ने प्रश्न उठायो । त्यसो भए दुई ठूला छिमेकीको बीचमा नेपाल खै ? ओलीजीले अन्तर्राष्ट्रिय रूपमा हाम्रो स्थान कहाँ हो देखाइदिनुपर्‍यो, अब ।

यो सरकारले कुनै नयाँ र देशलाई समृद्धिको दिशातर्फ लैजान सक्ने आर्थिक योजना ल्याएकै छैन । रेल ल्याउने भनेको छ, पानीजहाज ल्याउने भनेको छ तर हाम्रो स्रोत नै छैन । आफ्नो हातमा केही पनि छैन । जहाज ल्याउने प्रक्रियामा ६/७ अर्ब भ्रष्टाचार भएको भन्ने आएको छ, त्यसलाई कारवाही गर्नु छैन, हावा कुरा गरेर कसरी आउने रेल र पानीजहाज ? भ्रष्टाचारले आकाश छुन लाग्यो ।

राज्यले दैनिक रूपमा आफ्नो प्रशासन नै चलाउन सकेको छैन । न त शान्ति प्रक्रिया र यसको व्यवस्थापनको विषयलाई सरकारले गम्भीर रूपमा नै लिएको छ । कसले भन्यो सरकारले देशलाई समृद्धिमा लैजाँदै छ भनेर ? देख्नुभएको छैन जनताको असन्तुष्टि ?

अधिनायकवादको शुरूवात ?

यो सरकारलाई के अधिनायकवादी भन्नु ? अरूको इशारामा चल्ने सरकार पनि 'अधिनायवादी' हुन्छ ? यो सरकार कठपुतली सरकार हो । विदेशीहरूको इशारामा नाच्ने 'कठपुतली सरकार' ।

(नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीसँग लोकान्तरकर्मी ईश्वर अर्यालले गरेको कुराकानीमा अाधारित)

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x