१४ असार २०८३, आइतबार

काठमाडौंमा चिसो बढ्दो, तापक्रम दुई डिग्रीमा झर्‍यो

काठमाडौंमा चिसो बढ्दो, तापक्रम दुई डिग्रीमा झर्‍यो
सन्दर्भ तस्वीर

काठमाडौं– देशभर चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकामा यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ ।

सोमबारको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद सुजन सुवेदीले जानकारी दिए । उनका अनुसार आज देशका पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली हुने छ । यस्तै पश्चिमि क्षेत्रमा पनि आंशिक बदली हुनेछ । 

देशको पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरु तथा पश्चिमि पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद सुवेदीले बताए । सोमबारराति देशभर सामान्यदेखि पूर्णतया बदली रहने, पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा तथा पश्चिमि पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

आइतबार काठमाडौँमा अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस पुगेको थियो भने आज पनि १८ देखि २० डिग्रीकै आसपासमा अधिकतम तापक्रम रहनेछ ।

यस्ताे छ तीन दिनकाे माैसम प्रक्षेपण

salt training

कमेन्ट गर्नुहोस्