×

NMB BANK
NIC ASIA

सीमामा तस्करको बिगबिगी, सघाउँदै भन्सार र प्रहरी प्रमुख

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, २३ फागुन — खुल्ला सिमानाको फाइदा उठाउँदै जनकपुर लगायत सीमावर्ती नाकाहरूमार्फत दैनिक लाखौं रुपैयाँको मालसामान अवैध रूपले तस्करी हुँदै आएको छ ।

भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा नै धनुषा जिल्लामा दिनहुँ राजस्व छलेर सामानहरू तस्करी भइरहेका तथ्यहरूले देखाएका छन् ।

लामो समयदेखि नेपाल रेल्वे बन्द भएपछि त्यसमार्फत हुने तस्करी अब साइकल, मोटरसाइकल, जीप कार, पिकअप भ्यानदेखि ट्रकबाट हुन थालेको छ ।

टायर तथा बैलगाडामार्फत पनि तस्करी भइरहेको छ ।

एक दिनमा ४० देखि ५० लाख रुपैयाँसम्मको मालसामानहरू धनुषामा भित्रिने गर्छ । तस्करहरूले राजस्व नतिरी प्रहरी, भन्सारका कर्मचारी र सशस्त्र प्रहरीलाई मिलाएर मालसामानहरू भित्र्याउने गरेको पाइएको छ ।

कर्मचारीसँगको मिलेमतोलाई सीमापारिबाट सामान आयात गर्दै आएका तस्करहरू पनि स्वीकार गर्छन् । एक तस्करका अनुसार ती सबै जनालाई नमिलाउने हो भने मालसामान भित्र्याउन सकिन्न । बाटोमा पर्ने प्रहरी चौकीहरूलाई महिनावारी रूपमा घूस दिनुपर्छ ।

‘खासगरी सबैभन्दा बढी रकम सीमावर्ती क्षेत्रमा रहेका चौकीहरूलाई दिनुपर्छ,’ एक तस्करले भने ।

जनकपुर भन्सार कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी कार्यालय धनुषाका प्रमुखमा जुनसुकै व्यक्ति आएपनि केही नामुद तस्करहरूको तस्करी दिनरात चलिरहन्छ ।

धनुषामा तस्करीका रूपमा कुख्याती कमाएका केही व्यापारीहरू छन् जसको धन्दा जुनसुकै मौसममा पनि चलिरहन्छ ।

प्रहरी प्रशासनदेखि भन्सारका कर्मचारी सबैलाई मिलाएर तिनीहरूले आफ्नो अवैध तस्करीको धन्दा चलाइरहेका हुन्छन् । गफार मियाँ, सुरेश साह, सोहन जालान, वीरु झा, गब्बर, गणेश साह यस क्षेत्रका नामुद तस्कर व्यापारी हुन् ।

महिलामा बैतुल्लाह र समतुल्लाह दुई दिदीबहिनी कुख्यात तस्करका रूपमा चिनिन्छन् । राजस्व छलेर यिनीहरूको मालसामानहरू भारतबाट नेपाल प्रवेश गराउँछन् । कतिपय व्यापारीहरूको भनाइअनुसार यी तस्करहरूको सेटिङ तलदेखि माथिल्लो निकायसम्म जोडिएको हुन्छ ।

राजस्व छल्ने अर्को काइदा भनेको केही मालसामानहरूको राजस्व बुझाएर प्रज्ञापनपत्र बनाउने र त्यही प्रज्ञापनपत्रको आधारमा राजस्वभन्दा कैयौं गुणा बढीको मालसामानहरू भित्र्याउनु हो ।

एकपटक प्रज्ञापनपत्र बनाएर पटक–पटक मालसामान ल्याउने यिनीहरूको तस्करीको तरिका रहेको व्यापारीहरूको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि माघसम्म कुल सात महिनामा भन्सारका कर्मचारी, गस्ती, सशस्त्र प्रहरी, नेपाल प्रहरी आदिले पक्राउ गरेको मालसामानहरूको विवरणले पनि तिनीहरू अवैध तस्करीलाई नियन्त्रण गर्न नचाहेको प्रस्ट हुन्छ ।

कुल सात महिनामा ७५ पटक मालसामानहरू पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गराइएको छ । ‘५८ लाख ३३ हजार १ सय ९० रुपैयाँ बराबरको मालसामान पक्राउ गरी प्रहरी तथा भन्सार कर्मचारीले अवैध तस्करीलाई नियन्त्रण गरेको भनेर आफ्नो कोटा पु–याउन खोजेको जस्तो देखिन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक भन्सार कर्मचारीले भने ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको विवरणअनुसार भन्सार कर्मचारीबाट १५ लाख १३ हजार ७ सय ७५ मूल्य बराबरको २२ थान मुद्दा दर्ता गरिएको छ ।
त्यसैगरी भन्सार कार्यालयमै रहेका सशस्त्र प्रहरीले भन्सार राजस्वको गस्तीबाट ३ लाख ९८ हजार ३ सय ८५ रुपैयाँ मूल्यबराबरको मालसामानहरू पक्राउ गरी कुल १४ थान मुद्दा दर्ता गराएको छ ।

जिल्लाभर रहेका सशस्त्र प्रहरीका अन्य विभिन्न निकायहरूबाट १६ लाख ८४ हजार ८ सय ३ रुपैयाँ बराबरको मालसामानहरू पक्राउ गरी २९ थान मुद्दा चलाइएको छ ।

नेपाल प्रहरीका विभिन्न निकायहरूबाट सबैभन्दा कम १० थान मुद्दा चलाइएको छ जसको प्रतिवेदन मूल्य २२ लाख ३६ हजार २ सय २७ रुपैयाँ रहेको छ ।

चालु आर्थिक बर्षको साउन महिनामा कुल नौ थान मुद्दा दर्ता गरिएको छ । ३ साउन २०७३ मा १८ हजार मूल्य बराबरको दुई सय बेवारिसे कुर्ती सशस्त्र प्रहरी भन्सारको गस्तीबाट पक्राउ गरिएको थियो ।

५ साउनमा ठाढीझिझाको सशस्त्र प्रहरी बोर्डर आउटपोस्टबाट खटिएको गस्ती टोलीले १२ हजार मूल्य बराबरको ९५ लिटर तेल र ५० किलो ग्राम चिनी पक्राउ गरेको थियो ।

७ साउनमा सशस्त्र प्रहरीको भन्सार गस्तीले १६ हजार ८ सय मूल्यबराबरको ४२ पिस सुतीको शर्ट बरामद गरेको थियो । ९ साउनमा सशस्त्र प्रहरी धनुषाले ४० हजार ८ सय ८० रुपैयाँ बराबरको खाने तेल, बिस्कुट, दालमोट जस्ता सामानहरू बरामद गरेको थियो ।

९ साउनमै धनुषाधामको सशस्त्र प्रहरीले १ लाख मूल्य पर्ने बेवारिसे १ थान बा ५८ प ९१७० नम्बरको मोटरसाइकल बरामद गरेको थियो । १३ साउनमा फुलगामाको सशस्त्र प्रहरीले १९ हजार १ सय ७५ रुपैयाँ मूल्यबराबरको सक्खर, घ्यू बरामद गरेको थियो ।

२१ साउनमा महिनाथपुरको सशस्त्र प्रहरीले ३ हजार २ सय रुपैयाँ मूल्यबराबरको ८ बोरा यूरिया रसायनिक मल बरामद गरेको थियो । २५ साउनमा धनुषाको सशस्त्र प्रहरीले ७ हजार २ सय रुपैयाँ मूल्यबराबरको ८ बोरा यूरिया र ४ बोरा डिएपी रसायनिक मल बरामद गरेको थियो ।

त्यसैगरी २७ साउनमा महिनाथपुरको सशस्त्र प्रहरीले ३ हजार ८ सय ९६ मूल्यबराबरको सामानहरू बरामद गरेको थियो ।

रोचक के देखिन्छ भने ती सबै मालसामानहरू पक्राउ पर्दा सुरक्षा निकायले बेवारिसे अवस्थामा बरामद गरेको भनेर भन्ने गर्छन् ।

‘तस्करी गर्ने तस्करलाई कहिल्यै पनि पक्राउ गर्दैनन् । प्रहरीले काम नगरेको भन्ने सम्भावित आरोपबाट बच्न अवैध सामान पक्राउ गरेको देखाउँछन् । त्यस्तो धन्दामा संलग्नलाई कहिल्यै समाउँदैनन्, उन्मुक्ति दिन्छन्,’ एक स्थानीय अगुवाले लोकान्तरसँग भने ।

भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माका अनुसार मासिक ८५ लाख देखि ८७ लाख रुपैयाँसम्म राजस्व असुल भइरहेको छ । गत माघमा सबैभन्दा बढी १ करोड २ लाख रुपैयाँ बराबरको राजस्व असुल भएको हो । धनुषामा तस्करी बढ्दै गएको भनेर समाचार प्रकाशन भएपछि भन्सार प्रमुख शर्माले गरेको कडाइको नतिजा थियो त्यो । यसबाट पनि के पुष्टि हुन्छ भने भन्सार कार्यालयले चाहेको बेला राजस्वलाई बढाउन सकिन्छ ।

तस्करीलाई बढावा दिने पक्षमा आफू कहिल्यै नरहेको र तस्करलाई मद्दत गर्ने कर्मचारीहरूमध्ये तीनजनालाई कारवाहीस्वरूप आफूले हटाइसकेको भन्सार प्रमुख शर्माको भनाइ छ ।

‘तस्करहरूबाट मोटो रकम आफूले लिइरहेको आरोप निराधार भएको उनले बताए । ‘तस्करी पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । राजस्व छलेर अहिले पनि तस्करी भइरहेको कुरा म स्वीकार गर्छु । त्यसलाई नियन्त्रण गर्ने प्रयास जारी छ,’ उनले थपे ।

कार्तिक महिनादेखि आफूले जनकपुर भन्सारको जिम्मेवारी सम्हालेपछि तस्करीमा कडाइ गरेको शर्माले बताइरहेपनि स्रोतले ठूला व्यापारीसँग भन्सार कार्यालयले सेटिङ नै मिलाएर तस्करीमा सघाइरहेको दाबी गरेको छ ।

‘साना कर्मचारी मात्रै होइन कार्यालय प्रमुखले पनि तस्करीबाट ‘माल’ पाइरहेकै हुन्छन्,’ स्रोतको दाबी छ ।

सेटिङमा लिलामी
पक्राउ गरी दाखिला गरेका सामानहरूको लिलामी गर्दा पनि भन्सार प्रमुख शर्मासँग सेटिङ मिलाएर तस्करहरूले कम मूल्यमा सामानहरू लिने गरेको तस्करीमै संलग्न व्यापारीहरूको आरोप छ ।

चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल ५७ वटा मुद्दाको निर्णय गरेर २६ लाख ८७ हजार ५ सय २७ मूल्य बराबरको मालसामानहरू लिलाम गरिएको छ ।

भन्सार कर्मचारी गस्तीबाट पक्राउ गरी दाखिला गरिएका २३ थान मुद्दाको ८ लाख ३४ हजार ६ सय ३० रुपैयाँ, सशस्त्र प्रहरी भन्सार राजश्व गस्तीबाट कुल ११ थान मुद्दाको १ लाख ५२ हजार ९ सय ५० रुपैयाँ, सशस्त्र प्रहरीका विभिन्न अन्य निकायहरूबाट पक्राउ गरिएका १९ थान मुद्दाको ४ लाख ८ हजार २ सय ६७ रुपैयाँ र नेपाल प्रहरीको विभिन्न निकायहरूबाट पक्राउ गरिएका कुल ४ थान मुद्दाको ४ लाख ५६ हजार ५ सय रुपैयाँका मालसामानहरू लिलाम गरिएको छ ।

भन्सार प्रमुख शर्माले लिलाम गर्दाखेरी सेटिङ मिलाएर धनुषाको तारापट्टी सिरसियाका नामुद तस्कर सुरेश साहलाई कम मूल्यमै लिलामी गर्ने गरेको व्यापारीहरूको आरोप रहेको छ ।

त्यसबारेमा प्रश्न सोध्दा भन्सार प्रमुख शर्माले संवाददातालाई तपार्इं कहाँबाट परिचालित हुनुहुन्छ भन्दै कुरा मैले बुझें भनेर जवाफ दिए ।

तर सुरेश साहलाई नै पटक–पटक लिलाम गरेर दिइएको स्वीकार्दै उनले त्यसलाई नियन्त्रण गर्न कोशिश गर्ने बताए । ‘व्यापारीहरूको मिलेमतोलाई तोड्न पनि अभियान चलाउँछु,’ उनले भने ।

मूल भन्सार जनकपुर कार्यालय सँगसँगै छोटी भन्सार कार्यालयहरू जटही, भडरिया, महिनाथपुर, खजुरी महुवा, इनर्वा रहेका छन् । तीलगायत वैदेही भन्सार विगत ५÷७ वर्षदेखि बन्द छ । ती नाकाहरूमार्फत तस्करहरूले खुलेआम रूपमा तस्करी गर्ने गर्छन् ।

यस कार्यमा केही सशस्त्र प्रहरी बोर्डर आउटपोस्टका इन्चार्ज रहेका इन्स्पेक्टरहरू समेतको संलग्नता रहेको बुझिएको छ ।

स्रोतका अनुसार भन्सार प्रमुख शर्माले तस्करहरूसँग रकम असुल्न दुईजना कर्मचारी नै खटाएका थिए । जटही छोटी भन्सारमा कार्यरत जगदीश दासले जटहीदेखि धनौजीसम्मका व्यापारीहरूसँग सेटिङ मिलाएर पैसा संलकन गर्ने जिम्मा पाएका थिए ।

यस्तै, धनौजीदेखि खजुरी, इनरुवासम्मको जिम्मेवारी भने मूल भन्सारमा कार्यरत सुब्बा रामेश्वर चौधरीलाई दिइएको थियो ।

भारतबाट आयात हुने एसबेस्डस, तेल, गुट्खालगायतका कतिपय घरायसी सरसमान प्रतिबन्धित भएपनि हाल यिनै सरसमान बढी तस्करी हुने गरेको तिनले जानकारी दिए ।

दुहवी छोटी नाका वर्षौंदेखि भारतीय नागरिकलाई ठेक्का दिइएको छ । भारतबाट तस्करी गरी ल्याएका सरसमानका भन्सारबापतको रकम उनले नै असुल्ने गर्छन् ।

चिनी, दाल प्रतिबोरा बीस रुपैयाँ, खाने तेल प्रतिटिन तीस रुपैयाँ, सागर दूध र सूर्तिजन्य पदार्थ प्रतिकार्टुन पचास रुपैयाँका दरले असुल्ने गरिएको छ ।

भन्सारमा कार्यरत एक कर्मचारीका अनुसार धेरै पहिलादेखि केही भारतीय नागरिकले बिचौलियाका रूपमा काम गर्दै आएका छन् । त्यसरी संकलन गरिएको पैसा पनि बाँडफाँड हुने गरेको छ ।

प्रहरीको पनि मिलेमतो

तस्करीबाट दैनिक करीब दुई ट्रकभन्दा बढीको लत्ताकपडा, हार्डवेयर, सुर्ती, इलेक्ट्रोनिक्स लगायतका सरसमान नेपाल भित्रिने गरेको बताइन्छ ।

तर नेपाल प्रहरी यसबारे अनभिज्ञता प्रकट गर्छ । खुला सीमा भएका कारण घरायसी प्रयोगका लागि सीमाक्षेत्रका नेपाली नागरिकले सानातिना पोका लुकाएर भारतबाट ल्याउने गरेको हुन सक्ने भएपनि ठूलो परिमाणमा तस्करी भने नभएको प्रहरीको दाबी छ ।

तर सीमा क्षेत्रका स्थानीयहरू भने प्रहरीहरू समेत तस्करसँग मिलेकाले लाखौं राजस्व नतिरी तस्करी भइरहेको दाबी गर्छन् ।

प्रहरीकै मिलेमतोमा अवैध कुखुरा तस्करी
जनकपुरसहित यस क्षेत्रमा प्रतिबन्धित भारतीय कुखुराको तस्करी व्यापक रूपमा बढेको छ । खुल्ला सिमाना नाकाको दुरुपयोग गर्दै भारतीय तस्करहरूले प्रतिबन्धित कुखुरा, चल्ला तथा अण्डाको तस्करी गरिरहेका छन् ।

जनकपुर बजारमा मात्रै एक दिनमा २० क्विन्टल जति अवैध प्रतिबन्धित भारतीय कुखुरा आयात गरिन्छ । जनकपुरमा करीब १ दिनमा २५ देखि ३० क्विन्टल कुखुराको मासु खपत हुने गर्छ । त्यसमध्ये ५ देखि १० क्विन्टल जनकपुरका कुखुरा किसानहरूबाट किन्ने गरिन्छ भने बाँकी भारतीय प्रतिबन्धित कुखुराको मासु जनकपुरमा बिक्रीवितरण भइरहेको छ ।

प्रतिदिन ३ लाख ४० हजार रुपैयाँ बराबरको अवैध भारतीय कुखुरा जनकपुर बजारमा भित्रिने गरेको छ । खास गरेर जनकपुरमा संगठित रूपमै त्यस्तो कुखुरा तस्करी गर्ने व्यक्तिहरूमध्ये बसपार्कको नैना नामका व्यक्ति, मोहम्मद इरफान जसको अर्को नाम भोला अलि पनि रहेको छ ।

त्यसैगरी फुलगेन साह, बैजनाथ साह, भ्रमरपुरा चौकका जिलानी फ्रेस हाउसका सञ्चालक आदि व्यक्तिहरू जीप तथा पिकअपमार्फत अवैध भारतीय कुखुरा तस्करी गर्ने गर्छन् ।

भारतबाट ल्याइएको कुखुरा प्रतिकिलोग्राम १ सय ७० रुपैयाँमा किनिन्छ भने जनकपुरको कुखुरा प्रति किलोग्राम १ सय ९० रुपैयाँमा किनिन्छ ।

२० रुपैयाँ प्रतिकिलो फाइदा लिनको लागि जनकपुरका कुखुरा मासु बिक्रेताहरूले अवैध प्रतिबन्धित भारतीय कुखुरा बिक्री गर्ने गर्छन् । भारतीय कुखुरामा बर्डफ्लुको आशंका रहेकोले नेपाल सरकारले त्यसमाथि प्रतिबन्ध लगाएको छ ।

त्यसैले यहाँ तस्करी बढेको हो । एक तस्करका अनुसार सीमा नाकाका प्रहरी चौकीहरूलाई महिनावारी रकम दिएर कुखुरा ल्याइन्छ ।

साइकल, मोटरसाइकल र जीप अनि भ्यानमार्फत ती कुखुराहरू भित्र्याउने गरिन्छ । गम्भीर कुरा के हो भने मोटरसाइकल तथा जीप भ्यानमार्पmत भित्र्याउने कुखुरामध्ये कतिपय ब्रोइलर कुखुरा बाटोमै मरिसकेका हुन्छन् ।

तैपनि जनकपुरका बिक्रेताहरूले मरेकै कुखुरा बेचेर उपभोक्ताहरूको स्वास्थ्यसँग सिधा खेलवाड गरिरहेका छन् ।

बर्डफ्लुको आशंकामा नेपालभरि नै बिक्रीवितरणमा प्रतिबन्ध लगाइएका भारतीय कुखुरा तस्करी कार्यमा संलग्न व्यक्तिसहित ज १ च १३६५ नम्बरको पिकअपलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले ९ फागुनमा छाडेका थिए ।

अघिल्लो सोमवार बिहान पशु क्वारेन्टाइन धनुषाका कर्मचारी, पत्रकार, किसान लगायतको संयुक्त अनुगमन टोलीले स्थानीय मुरली चोकबाट करीव १० क्विन्टल भारतीय कुखुरा बोकेको पिकअप तथा चालकलाई नियन्त्रणमा लिएका थिए ।

गाडी नै नियन्त्रणमा लिएपछि तस्करहरूले जबर्जस्ती गर्न खोजेपछि टोलीले जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएको थियो । पिकअपसहित करीब २५ लाख मूल्यबराबरको अवैध कुखुरा पक्राउ गरी अनुगमन टोलीले प्रहरीलाई बुझाएको थियो ।

तर प्रहरीले कुखुरासहित पिकअपलाई कुनै कारवाही नगरी छोडेको थियो । स्रोतका अनुसार जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्य बिदामा घर गएको मौका छोपी डीसएपी यादवले ‘अनुचित दबाब’ मा कुखुरासहित गाडी छाडेका हुन् ।

यहाँका कुखुरा व्यापारीका अनुसार वैद्यनाथ साह र इरफाईन राईन जनकपुरका नामुद भारतीय कुखुरा तस्कर हुन् । पिकअप धनी साह र राईनले संयुक्त रूपमा साह पोल्टी फर्म जनकपुरमा सञ्चालन गर्दै आएका छन् ।

अनुगमन टोलीलाई जानकारी नै नगराई प्रहरीले गाडी छाडे

नेपाल र भारतका सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको तस्करी बढेपछि पशु क्वारेन्टाइन कार्यालय धनुषाले पत्रकार, कुखुरा किसान तथा व्यापारीसहितको अनुगमन टोली बनाई नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

सो क्रममा अनुगमन गर्न सीमावर्ती क्षेत्रमा जाँदै गरेको टोलीले भारतबाट कुखुरा ल्याउँदै गरको अवस्थामा चालकसहित पिकअपलाई नियन्त्रणमा लिएको थियो ।

अनुगमन टोलीका संयोजक तथा पशु क्वारेन्टाइन कार्यालय धनुषाका प्राविधिक प्रभाकरलाल कर्णले कुनै कारवाही नै नगरी पिकअपसहित अवैध कुखुरालाई छाडेपछि प्रहरी पनि आश्चर्यमा परेको छ ।

तर डीएसपी यादवले उक्त पिकअपलाई कागजातको आधारमा मुचुल्का बनाएर छोडिएको बताए । क्षेत्रीय पशु सेवा तालिम केन्द्र जनकपुरमा कार्यरत जितनारायण भगत, जनकपुर ४ बस्ने मोहम्मद इरफान राईन, जनकपुर ७ बस्ने विजय यादव, जनकपुर १६ बस्ने फुलगेन पुर्वे, जनकपुर २७ बस्ने प्रगास मण्डल, जनकपुर ११ बस्ने संजय साह सहितको हस्ताक्षरसहित मुचुल्का गरी जनकपुर ४ स्थित अशोक पोल्टी फर्मबाट ल्याएको कुखुरा रहेकोले बैद्यनाथ प्रसाद साहलाई ब्रोइलर कुखुरासहित पिकअप जीप जिम्मा लगाइएको कागजात गरिएको छ ।

पक्राउको समयमा उनीहरूसँग कुखुरा ओसारपोसार सम्बन्धी कुनै कागजात नभएको उल्लेख गर्दै क्वारेन्टाइन कार्यालयका प्रभाकरलाल कर्ण भन्छन्, ‘पक्राउको ४/५ घण्टापछि अनुगमन टोली बाहिर रहेको अवस्थामा बिल र ओसारपोसारको लागि चाहिने कागजात कहाँबाट आयो ?’

घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै उनले भने, ‘प्रहरीले कारवाही गर्ने संस्थासँग कुनै सरोकार नै नराखी गोप्य रूपमा पिकअपलाई छोडिएको छ ।’

भारतको विभिन्न शहरमा बर्डफ्लुको आशंका देखिएपछि सरकारले नेपालमा पूर्ण रूपमा भारतीय कुखुरा आयातमा प्रतिबन्ध लगाएको छ । भारतीय कुखुरा तस्करी गरेको पाइएमा कुखुरा ओसारपोसार गर्ने सवारीसाधनलाई जफत गर्ने तथा कुखुरालाई नष्ट गर्ने कानूनी प्रावधान रहेको उनको भनाइ छ ।

तस्करका कारण नेपाली किसान मर्कामा
यता, भारतीय कुखुराको तस्करी बढेपछि नेपाली कुखुरा व्यवसायी मर्का र चिन्तामा परेका छन् । कुखुरा पाल्ने जनकपुर सोनापराका किसान रूपेश ठाकुरले प्रतिबन्धित भारतीय कुखुरा जनकपुरलगायत क्षेत्रमा बिगबिगी बढेपछि आफूहरू मर्कामा परेको बताए ।

नेपाल भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करले भारतमा सस्तोमा पाइने भएकोले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्दै यस्तो कार्यमा संलग्न रहेको उनले आरोप लगाए ।

तस्करहरूको यस्तो कार्यमा प्रहरीको संरक्षण रहेको उनले दाबी गरे । भारतीय कुखुरा बोकेको एक पिकअप सोमवार नै आफूहरूले पक्राउ गरी प्रहरीलाई बुझाएको बताउँदै उनले भने ,‘तर प्रहरीले ती तस्करलाई कानूनी कारवाही नै नगरी छोडिदियो ।’

प्रहरीले आर्थिक प्रभावमा परी भारतीय कुखुरालाई प्रश्रय दिइरहेको अर्का कुखुरा व्यवसायी शम्भु यादवको आरोप छ । उनले सोमवार भएको घटनाको छानबिनको लागि समेत माग गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका निमित प्रहरी प्रमुख नायब उपरीक्षक मनोज यादवले पिकअपमा नेपाली कुखुरा नै रहेको पाइएपछि छाडिएको दाबी गरे ।

उनले क्षेत्रीय पशु सेवा तालिम सेवा केन्द्र जनकपुरका चिकित्सक जीतनारायण भगत, व्यापारी इरफान राईन लगायतसँग मुचल्ुका गरी छोडिएको बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x