×

NMB BANK
NIC ASIA

१४औं त्रिवर्षीय योजना : धानको उत्पादन लक्ष्य अनुरूप, अधिकांश कृषि उपजमा लक्ष्य भेटिएन

माघ २७, २०७५

NTC
Premier Steels

काठमाडौं – कृषिको १४औं त्रिवर्षीय योजना अवधिमा धानसहित केही कृषि उपजको उत्पादन मात्र लक्ष्य अनुसार भएको पाइएको छ । आर्थिक वर्ष २०७३/०७४ देखि शुरू भएको १४औं योजना अवधिमा धान, तरकारी र उखुको उत्पादन लक्ष्य अनुरूप भए पनि अधिकांश बालीको उत्पादनले लक्ष्य भेट्न सकेको छैन ।

Muktinath Bank

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार १४औं योजनामा धानको उत्पादन लक्ष्य ५५ लाख ६१ हजार मेट्रिक टन थियो । योजना अवधिको अन्तिम वर्ष चलिरहँदा उत्पादन भएको धानले सो लक्ष्य पूरा भएको मन्त्रालयले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसवर्ष धानको उत्पादन ५६ लाख १० हजार मेट्रिक टन भएको थियो । जुन १४औं योजनाको लक्ष्यभन्दा करीब ५० मेट्रिक टन बढी रहेको र लक्ष्य हासिल भएको मन्त्रालयले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका अनुसार १४औं योजनामा गहुँको उत्पादन लक्ष्य २२ लाख १९ हजार मेट्रिक टन रहेको थियो । चालु आर्थिक वर्ष अर्थात् १४औं योजनाको अन्तिम वर्षमा आइपुग्दा गहुँको उत्पादन १९ लाख ४९ हजार मेट्रिक टन मात्रै हुन सकेको र योजनाको लक्ष्य हासिल नभएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले गहुँ उत्पादनको लक्ष्य हासिल हुन सक्ने अवस्थामा रहेको प्रतिक्रिया दिएको छ ।

Vianet communication

मन्त्रालयले १४औं योजनामा मकै उत्पादनको लक्ष्य २६ लाख ९६ हजार मेट्रिक टन राखेको थियो । चालु आर्थिक वर्षसम्म आइपुग्दा मकैको उत्पादन २६ लाख ४४ हजार मेट्रिक टन पुगेको र लक्ष्य हासिल हुन सक्ने अवस्थामा रहेको मन्त्रालयको प्रतिक्रिया रहेको छ ।

आलु तथा फलफूल उत्पादनको लक्ष्य समेत नभेटिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा आलुको उत्पादन  ३० लाख ८८ हजार मेट्रिक टन पुगेको छ । योजना अनुसार चालु आर्थिक वर्षमा आलु उत्पादनको लक्ष्य ३२ लाख ५० हजार मेट्रिक टन पुर्‍याउने लक्ष्य रहेको थियो । 

१४ लाख ८० हजार मेट्रिक टन फलफूल उत्पादन गर्ने लक्ष्य राखेको सरकारले १४औं योजनाको अन्तिम वर्षमा आइपुग्दा १० लाख १० हजार मेट्रिक टन मात्रै उत्पादन पुर्‍याउन सकेको छ । योजना अनुसार लक्ष्य हासिल हुन सकेको र हासिल हुन सक्ने अवस्थामा रहेको कृषि तथा पशु विकास मन्त्रालयको प्रतिक्रिया छ ।

तरकारी तथा उखु १४औं योजनाको लक्ष्य अनुसार उत्पादन भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । ४० लाख मेट्रिक टन तरकारी उत्पादन गर्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्ष सम्म आइपुग्दा तरकारीको उत्पादन ४१ लाख मेट्रिक टन पुगेको र योजनाको लक्ष्य हासिल भएको मन्त्रालयले उल्लेख गरेको छ ।

३४ लाख मेट्रिक टन उखु उत्पादन गर्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षसम्म उखुको उत्पादन ३५ लाख ५८ हजार मेट्रिक टन पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

तेलहन, उखु र तरकारीमा १४औं योजनाको लक्ष्य पुरा भएको मन्त्रालयको दाबी छ । ४ लाख ३८ हजार मेट्रिक टन दलहन उत्पादन गर्ने लक्ष्य लक्ष्य १४औं योजनाको रहेपनि चालु आर्थिक वर्षमा दलहनको उत्पादन ४ लाख १० हजार मेट्रिक टन पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार माछा, दूध र मासुमा समेत १४औं योजनाको लक्ष्य अनुसार उत्पादन पुग्न सकेको छैन ।

कृषि मन्त्रालय योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख योगेन्द्रकुमार कार्कीले केही बालीमा लक्ष्य अलि बढी राखिएका कारण लक्ष्य नभेटिए पनि मुख्य बालीहरू लक्ष्य अनुसार नै उत्पादन भएको दाबी गरे ।

उनले मुख्य बालीको रूपमा धानलाई हेरिएको अवस्थामा धानको उत्पादन लक्ष्य अनुसार नै भएको बताए । ‘अन्य मन्त्रालयको तुलनामा हाम्रो मन्त्रालयको लक्ष्य लगभग पूरा भएको छ,’ उनले भने, ‘मुख्य बालीको उत्पादन लक्ष्य भेटिएको छ र केही बालीको लक्ष्य बढी राखिएका कारण अलिकति नपुगेको देखिएको हुनसक्छ ।’

चालु आर्थिक वर्ष २०७५/०७६ १४औं योजनाको अन्तिम आर्थिक वर्ष हो । राष्ट्रिय योजना आयोगले पन्ध्रौं योजना निर्माणको प्रक्रिया अघि बढाइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x