×

NIC ASIA

कामदार अभावले सुस्तायो पुनर्निर्माणको गति

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ९ चैत – कामदार अभावले भूकम्पपछिको पुनर्निर्माणको कार्य थलिएको छ । ठूलो संख्यामा आवश्यक पर्ने कामदारको अभाव हुँदा भूकम्पपछिको पुनर्निर्माणका कार्य थलिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
आधा कामदार जुटाउन पनि हम्मे
यसअघि सरकारले तयार गरेको ‘पोष्ट डिजाष्टर रिकभरी फ्रेमवर्क’ का अनुसार भूकम्पपछिको पुनःस्थापना फ्रेमवर्कका अनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामामात्र करीब ६० हजार दक्ष जनशक्ति आवश्यक पर्ने उल्लेख गरेको थियो ।

बुधवार व्यवस्थापिका संसद्को विकास समितिको बैठकमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणका लागि कामदारको चरम अभाव भएको बताए ।

प्राधिकरणका अनुसार हालसम्म करीब २७ हजारको हाराहारीमा मात्र कामदार जुटाउन सकिएको छ ।

‘तालिम दिइएका कामदार पनि बीचैमा काम छाड्ने गर्दा पुनर्निर्माणको गति अझ सुस्त भएको छ,’ सीईओ पोखरेलले भने ।

प्राविधिक जनशक्तिको खडेरी
पुनर्निर्माणका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति पाउन पनि निकै हम्मेहम्मे परेको प्राधिकरण बताउँछ । उपलब्ध प्राविधिक जनशक्ति पनि विदेशिने क्रमले पुनर्निर्माणको काम थलिएको उनले बताए ।

दुई सय इन्जिनियरको राजीनामा
प्राधिकरणका अनुसार तलव सुविधामा चित्त नबुझेको भन्दै झण्डै दुई सय इन्जिनियरले काम छाडेका छन् । भूकम्पबाट अतिप्रभावित जिल्लाका उक्त संख्याका इन्जिनियरले थप सुविधा माग गर्दै आन्दोलन गरेको उनले बताए ।

यसअघि पनि सेवासुविधा कम भएको भन्दै झण्डै दुई सयको संख्यामा इन्जिनियरले राजीनामा दिएका थिए । इन्जिनियरको आन्दोलनका कारण कार्यविधि नै संशोधन गरेर सरकारले कार्यसम्पादन र भौगोलिक क्षेत्रका आधारमा अधिकतम ७५ प्रतिशतसम्म सेवासुविधा वृद्धि गरेको थियो ।

विश्वविद्यालय र सेनाबाट जनशक्ति पूर्ति गरिँदै
जनशक्तिको चरम अभाव भएपछि विश्वविद्यालय र नेपाली सेनाका जवानलाई तालिम दिएर आवश्यकता पूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

यसअनुसार प्राधिकरणले नेपाली सेनाका दुईसयजना जवानलाई एक साताको प्रशिक्षण तालिम दिइएको जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरी बलका प्रशिक्षकलाई समेत तालिम दिएर पुनर्निर्माणमा खटाउने तयारी गरिएको प्राधिकरणले बताएको छ ।

विश्वविद्यालयमा अध्ययनरत सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीलाई स्वयंसेवकका रूपमा खटाउने गरी पहिलो चरणमा पोखरा विश्वविद्यालयका १ हजार ५६ विद्यार्थीलाई तालिम दिई ३ साताका लागि ५ जिल्लामा खटाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म भूकम्पबाट अतिप्रभावित ११ जिल्लामामात्र ५ लाख ३२ हजार २ सय ३६ लाभग्राही पहिचान भई ९१ प्रतिशतसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये ९८ प्रतिशतले पहिलो किस्ता, १ हजार ६ सय ८७ ले दोस्रो किस्ता र ६७ जनाले तेस्रो किस्ता लिएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x